नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा दाङ आउने भएका छन् । नेपाली कांग्रेस दाङको चैत २९ गते हुने तेस्रो जिल्ला सम्मेलनलाई सम्बोधन गर्न महामन्त्री एवम् प्रतिनिधि सभा सदस्य शर्मा दाङ आउन लागेका हुन् ।
Advertisement
नेपाली कांग्रेस दाङको पदाधिकारी एवम् तयारी समितिको बैठकले तेस्रो जिल्ला सम्मेलन चैत २९ गते घोराहीमा गर्ने निर्णय गरेको थियो ।
नेपाली कांग्रेस दाङको तेस्रो जिल्ला सम्मेलन घोराही उपमहानगरपालिका–१४ स्थित बहुउद्देश्यीय सभागृहमा हुने भएको छ । सम्मेलनको तयारी र अतिथीहरूलाई निमन्त्रणा गर्ने काम भइरहेको नेपाली कांग्रेस दाङका सचिव अर्जुन योगीले बताए ।