नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ५ नम्बर व्युरोको एक हप्ते स्कुलिङ तथा प्रशिक्षण कार्यक्रम आज बुधवार दोस्रो दिनमा प्रवेश गरेको छ । दाङमा चलिरहेको उक्त कार्यक्रम पार्टी सदस्यहरूलाई बैज्ञानिक समाजवाद, बैज्ञानिक समाजबादी क्रान्तिको कार्यदिशा, दर्शन, राजनैतिक अर्थशास्त्र, अनुशासन तथा संगठनात्मक विषयमा समग्र ज्ञान प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको हो।
कार्यक्रमको उद्देश्य पार्टीका कार्यकर्ताहरूलाई थप सक्षम बनाउनु र उनीहरूलाई पार्टीको विचारधारामा दृढ राख्नु रहेको बताएको छ । प्रशिक्षणको दौरान विभिन्न बौद्धिक विषयमा सिकाइ प्रदान गरिने छ भने जसले पार्टीको क्रान्तिकारी कार्यमा सहयोग पुग्ने अपेक्षा लिएको उक्त पार्टीले बताएको छ । कार्यक्रमको दोस्रो दिनमा विभिन्न सत्रहरू सञ्चालन भएका छन् जसमा उक्त पार्टीका महासचिव धर्मेन्द्र बास्तोला (कञ्चन) लगाएत स्कुलिङ बिभागका प्रशिक्षकहरुले पढाउनु भएको थियो । स्कुलिङ तथा प्रशिक्षण चैत्र १२ देखि १९ गते सम्म एक हप्ता जारी रहने छ । भिडियो हर्नुहोस