नेपाल विद्युत् प्राधिकरणबाट पदमुक्त भएका कार्यकारी निर्देशक कुलमान घिसिङ सरकारविरुद्ध सर्वोच्च अदालत गएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्त भएपछि घिसिङ बुधबार सर्वोच्च गएका हुन् ।
Advertisement
घिसिङको तर्फबाट लोकमणि पोखरेलले रिट लिएर सर्वोच्च घिसिङ सरकारले आफूलाई गैरकानुनी रुपमा पदमुक्त गरेको भन्दै सरकारको निर्णय बदर गरी आफूलाई कार्यकारी निर्देशकमा पुनःस्थापना गर्नुपर्ने उनको माग गर्दै सर्वोच्चमा पुगेका छन् ।