सल्यानमा जिप दुर्घटना मा परी १७ जना घाइते भएका छन् ।
सोमबार बिहान सल्यानको सिद्ध कुमाख गाउँपालिका ३ तिमिले भन्ने ठाउँबाट श्रीनगर तर्फ जाँदै गरेको भे १ ज १२१४ नम्बरको जिप दुर्घटना हुँदा १७ जना घाइते भएका हुन्।
दुर्घटनामा परी घाइते हुनेमा बनगाड कुपिण्डे नगरपालिका ५ की २१ वर्षीयाा भूमि राना, ६ वर्षीया एलिसा रावत, कुमाख गाउँपालिका ४ की ४१ वर्षीया हिरा शाही, ५० वर्षीय प्रविर रावत, ३० वर्षीय अर्जुन बस्नेत, कुमाख गाउँपालिका २ की २६ वर्षीया प्रतिमा बुढा, शारदा नगरपालिका १० का अनुपम बुढाथोकी र कुमाख गाउँपालिका २ की २६ वर्षीया ललिता बुढाथोकी र सल्यान शारदा नगरपालिकका १ का २२ वर्षीय अनिल नेपाली, कुमाख गाउँपालिका ३ तिमिलेका ६४ वर्षीय धने परियार, २८ वर्षीय ढम्मर बुढाथोकी, ४७ वर्षीया रिता कुमारी बुढा, ३५ वर्षीय शेर बहादुर नेपाली, १८ वर्षीया सपना वली, ३२ वर्षीया गिता चन्द, गिता चन्दको १० वर्षीया छोरी इन्दिरा चन्द रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
गुडिरहेको जीप ब्रेक फेल हुँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइतेहरुको सल्यानको श्रीनगरमा रहेको शारदा मेट्रो अस्पतालमा उपचार भइरहेको जनाईएको छ । उक्त जीप सडकमै पल्टिएको थियो ।