• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • श्रम बैदेशिक रोजगार
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
आइतबार, माघ ०४, २०८२
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • श्रम बैदेशिक रोजगार
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

बालेनले आज मेयर पदबाट राजीनामा दिदैं , दिउँसो घण्टी घर पस्ने तयारी

एमालेले रुकुममा टुंगो लगायो उम्मेदवार

बैतडीका दुई स्थानीय तह प्रमुख प्रशासकीय अधिकृत विहीन, कामकाज ठप्प

नेपाली कम्युनिष्ट पार्टी कर्णाली प्रदेशको संसदीय दलको नेतामा मंगल बहादुर शाही

आठबिसकोट नगर सभाको १९ औँ अधिवेशन सम्पन्न, ३ वटा कार्यविधि अनुमोदन

रुकुम पश्चिममा खाना खानेक्रममा सर्किएर बटालाको मृत्यु

म्यादी प्रहरीमा परेन मागअनुसार निवेदन

के एमालेको चुनाव चिन्ह बाट जनार्दनले रुकुममा चुनाव लड्दै छन् ?

कर्णाली र सुदूरपश्चिममा हल्का वर्षा र हिमपात हुने

लोकप्रिय समाचार

  • १. कठोर उपमेयर धन कुमारी शाही

  • २. विदेश पठाईदिन्छु भन्दै लाखौँ रुपैया ठगी गर्ने रुकुम पश्चिमका १ जना सहित ५ जना पक्राउ

  • ३. रुकुममा चुनावी सहकार्यका लागि जनार्दन शर्माले भेटे एमाले अध्यक्ष ओली लाई

  • ४. रुकुम पश्चिममा खाना खानेक्रममा सर्किएर बटालाको मृत्यु

  • ५. के एमालेको चुनाव चिन्ह बाट जनार्दनले रुकुममा चुनाव लड्दै छन् ?

  • ६. आठबिसकोटको जनविकास माविको नाम दुरुपयोग गर्दै भ्रामक भिडियो सार्वजनिक, विद्यालयको आपत्ति

  • ७. आठबिसकोटमा पहिलोपटक पालिकास्तरिय खानेपानी गुणस्तर परिक्षण शिविर सुरु

  • ८. नेपाली काँग्रेसको सभापतिमा गगन थापा निर्विरोध

  • ९. म्यादी प्रहरीमा परेन मागअनुसार निवेदन

  • १०. रुकुम पश्चिमको बाँफिकोटमा जेसिबी दुर्घटना : सह-चालकको मृत्यु चालक सम्पर्क विहिन

दाङ जिल्लास्तरीय खेलकुद तथा साँस्कृतिक मेला हुँदै


  •   शुक्रबार, चैत ०८, २०८१ मा प्रकाशित
  • दाङको घोराहीमा खेल क्षेत्रको विकास र नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रथम दाङ जिल्लास्तरीय खेलकुद तथा साँस्कृतिक मेला–२०८१ हुने भएको छ । ‘खेलकुद र संस्कृति दाङको पहिचान,स्वरोजगारको आधार’ भन्ने नाराका साथ दाङ सोसाइटी क्लवको १६ औं बार्षिकोत्सवका अवसरमा यहि चैतको २८ गतेदेखि १० गतेसम्म घोराही घोराही नगरपालिका–१४ झिगौंरामा प्रथम दाङ जिल्लास्तरीय खेलकुद तथा साँस्कृतिक मेला हुन थालेको हो ।

    Advertisement

    आयोजक दाङ सोसाइटी क्लवले विहीवार घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरेर प्रतियोगिताका बारेमा जानकारी गराएका छ । १३ दिनसम्म सञ्चालन हुने प्रतियोगितामा विभिन्न विधाका ३७ वटा खेलहरु सञ्चालन हुने भएको दाङ सोसाइटी क्लवका अध्यक्ष लेखनाथ बुढाथोकीले जानकारी दिएका छन् । अध्यक्ष बुढाथोकीका अनुसार प्रतियोगितामा फुटबल र क्रिकेटमा पुरुष र भलिवल, कवडी, मिनी म्याराथन, ब्याडमिन्टन, एथलेटिक्स र स्लो बाइक तथा स्कुटी प्रतियोगितामा महिला र पुरुषले प्रतिष्पर्धा गर्न पाउने भएका छन् ।

    त्यसैगरी बास्केटब, बक्सिङ, बुद्धिचाल, भारोत्तोलन, लङजम्प, हाइजम्प, तेक्वान्दो, क्यारमबोर्ड,कुर्सी दौड, बक्तित्वकला, चम्चा दौड, कविता, डोर पञ्चर (रस्साकस्सी),लुडो, टेवल टेनिस, बादविवाद, हाजिरीजवाफ, साइकल रेस, पन्जा लडाउने, बेलुनटच, बोरा दौड,चकलेट दौड, तिर निसान, इ–स्पोर्टसअन्तर्गत पव्जी, फ्रि फायर खुल्ला प्रतियोगिता हुन थालेको क्लवका अध्यक्ष बुढाथोकीले जानकारी दिएका छन् ।

    प्रतियोगिता फुटबल खेलमा प्रथम हुने टिमले नगद ५० हजार, द्धितिय हुने टिमले २५ हजार र तृतीय हुने टिमले १५ हजारसहित शिल्ड,मेडल र प्रमाणपत्र, भलिबल खेलमा प्रथम हुने पुरुष टिमले नगद ५० हजार, द्धितिय हुने टिमले २५ हजार र तृतीय हुने टिमले १५ हजारसहित शिल्ड,मेडल र प्रमाणपत्र र प्रथम हुने महिला टिमले नगद ३० हजार, द्धितिय हुने टिमले २० हजार र तृतीय हुने टिमले १० हजारसहित शिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

    क्रिकेट प्रतियोगितामा प्रथम हुने टिमले नगद ५० हजार, द्धितिय हुने टिमले २५ हजार र तृतीय हुने टिमले १५ हजारसहित शिल्ड,मेडल र प्रमाणपत्र, कवडीमा प्रथम हुने पुरुष टिमले नगद ३० हजार, द्धितिय हुने टिमले २० हजार र तृतीय हुने टिमले १० हजारसहित शिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । कवडीमै प्रथम हुने महिला टिमले नगद २५ हजार, द्धितिय हुने टिमले १५ हजार र तृतीय हुने टिमले १० हजारसहित शिल्ड,मेडल र प्रमाणपत्र गर्नेछ ।

    तेक्वान्दोमा प्रदर्शनमा (डव्लुटिएफ र आईटिएफ) मा प्रथम हुने महिला र पुरुष टिमले क्रमश २० हजार, दश हजार र पाँच हजारसहित शिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा ४०–४५,४५–५०, ५०–५५,५५–६०,६०–६५, र ६५–७० तौल समुहमा प्रतिष्पर्धा हुनेछ । बास्केट बलमा प्रथम हुने टिमले २५ हजार र द्धितिय हुने टिमले १५ हजार, बक्सिङमा प्रथम हुने टिमले २० हजार, द्धितिय हुने टिमले १५ हजार र तृतीय हुने टिमले दश हजार,बुद्धिचालमा प्रथम हुने टिमले दश हजार, द्धितिय हुने टिमले पाँच हजार र तृतीय हुने टिमले २५ सय, क्यारमबोर्डमा प्रथम हुने सिंगलतर्फको टिमले २० हजार र द्धितिय हुने टिमले दश हजार तथा डवलतर्फ प्रथम हुने टिमले ३० हजार र द्धितिय हुने टिमले १५ हजार रुपैया प्राप्त गर्नेछ ।

    व्याटमिन्टन प्रतियोगितामा प्रथम हुने पुरुष टिमले ३० हजार, द्धितीय हुने टिमले २० हजार र तृतीय हुने टिमले दश हजार र महिलातर्फ प्रथम हुने टिमले २० हजार,द्धितिय हुने टिमले दश हजार र तृतीय हुने टिमले पाँच हजार, स्लो बाइकमा प्रथम हुने तीन हजार, द्धितिय हुनेले दुई हजार र तृतीय हुने एक हजार, महिला स्कृटिमा प्रथम हुने तीन हजार, द्धितिय हुनेले दुई हजार र तृतीय हुने एक हजार,इ–स्पोर्टअन्तर्गत पव्जी र फ्रिफाएर प्रतियोगितामा प्रथम हुनेले २० हजार, द्धितीय हुनेले १० हजार र तृतीय हुनेले पाँच हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

    लुडोमा प्रथम हुने टिमले दश हजार, द्धितीय हुने टिमले पाँच हजार र तृतीय हुने टिमले २५ सय, मिनी म्याराथनमा प्रथम हुने महिला पुरुषले दश÷दश हजार, द्धितीय हुने पुरुषले पाँच हजार र महिलाले तीन हजार तथा तृतीय हुने पुरुषले २५ सय र महिलाले दुई हजार, साइकल रेसमा प्रथम हुने पाँच हजार, द्धितीय हुनेले तीन हजार र तृतीय हुने दुई हजारलगायत ३७ वटै प्रतियोगिताका बिजेताले नगद पुरस्कार प्राप्त गर्नेछन् ।

    प्रतियोगितामा गाउँघरमा खेलिने डन्डीबियो,विशेषगरी दशैं पर्वमा खेलिने लट्टाई (चंगाचेट), नेवार समुदायमा लोकप्रिय रहेको मालदाई (मालाश्री), थारु समुदायमा खेलिने परम्परागत खेल बाँस दौड (लठ्ठी खेल) र मगर समुदायमा विशेष अवसरहरुमा खेलिने मालश्री –गीत गाउने प्रतिष्प्रर्धा) समेत सञ्चालन गरिने भएको छ ।प्रतियोगितामा दाङ जिल्लामा सञ्चालन भएका विभिन्न स्कुल, क्याम्पस, क्लव र स्थानीय विभिन्न संघसस्थाहरुलगायत व्यक्तिगत रुपमा सहभागी हुन सक्ने आयोजकले जनाएको छ ।

    प्रतियोगितामा सहभागीताका लागि फुटबल, भलिवल र क्रिकेटमा टिम दर्ताका लागि दुई हजार पाँच सय र अन्य खेलहरुका लागि पाँच सय रुपैया दर्ता शुल्क निर्धारण गरिएको आयोजक दाङ सोसाइटी क्लवले जनाएको छ । दाङ सोसाईटी क्लवका अध्यक्ष लेखनाथ बुढाथोकीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनको सहजीकरण सचिव ममता केसीले गरेकी थिइन ।

    शुक्रबार, चैत ०८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बालेनले आज मेयर पदबाट राजीनामा दिदैं , दिउँसो घण्टी घर पस्ने तयारी
    एमालेले रुकुममा टुंगो लगायो उम्मेदवार
    बैतडीका दुई स्थानीय तह प्रमुख प्रशासकीय अधिकृत विहीन, कामकाज ठप्प
    नेपाली कम्युनिष्ट पार्टी कर्णाली प्रदेशको संसदीय दलको नेतामा मंगल बहादुर शाही
    आठबिसकोट नगर सभाको १९ औँ अधिवेशन सम्पन्न, ३ वटा कार्यविधि अनुमोदन
    रुकुम पश्चिममा खाना खानेक्रममा सर्किएर बटालाको मृत्यु

    लोकप्रिय

    • १.
      कठोर उपमेयर धन कुमारी शाही

    • २.
      विदेश पठाईदिन्छु भन्दै लाखौँ रुपैया ठगी गर्ने रुकुम पश्चिमका १ जना सहित ५ जना पक्राउ

    • ३.
      रुकुममा चुनावी सहकार्यका लागि जनार्दन शर्माले भेटे एमाले अध्यक्ष ओली लाई

    • ४.
      रुकुम पश्चिममा खाना खानेक्रममा सर्किएर बटालाको मृत्यु

    • ५.
      के एमालेको चुनाव चिन्ह बाट जनार्दनले रुकुममा चुनाव लड्दै छन् ?

    • ६.
      आठबिसकोटको जनविकास माविको नाम दुरुपयोग गर्दै भ्रामक भिडियो सार्वजनिक, विद्यालयको आपत्ति

    भर्खरै

    • १.
      बालेनले आज मेयर पदबाट राजीनामा दिदैं , दिउँसो घण्टी घर पस्ने तयारी

    • २.
      एमालेले रुकुममा टुंगो लगायो उम्मेदवार

    • ३.
      बैतडीका दुई स्थानीय तह प्रमुख प्रशासकीय अधिकृत विहीन, कामकाज ठप्प

    • ४.
      नेपाली कम्युनिष्ट पार्टी कर्णाली प्रदेशको संसदीय दलको नेतामा मंगल बहादुर शाही

    • ५.
      आठबिसकोट नगर सभाको १९ औँ अधिवेशन सम्पन्न, ३ वटा कार्यविधि अनुमोदन

    • ६.
      रुकुम पश्चिममा खाना खानेक्रममा सर्किएर बटालाको मृत्यु

    • ७.
      म्यादी प्रहरीमा परेन मागअनुसार निवेदन

    • ८.
      के एमालेको चुनाव चिन्ह बाट जनार्दनले रुकुममा चुनाव लड्दै छन् ?

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.