रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा आधारभूत शिक्षा कक्षा ८ को वार्षिक परीक्षा आजदेखि सञ्चालन गरिएको छ। पालिका बाट ९ सय २१ जना बिद्यार्थीहरू सहभागी भएको शिक्षा, युवा तथा खेलकुद शाखाका प्राविधिक सहायक नरेन्द्र कुमार कार्कीले जानकारी दिए ।
छ स्थानमा केन्द्र तोकेर परीक्षा सञ्चालन भईरहेको छ भने जसमा चार सय ६९ छात्रा र चार सय ५२ छात्र सहभागी भएका छन्। परीक्षा शान्तिपूर्ण र सुरक्षित वातावरणमा सम्पन्न गर्नका लागि सुरक्षा व्यवस्था लागू गरिएको छ। परीक्षा केन्द्रहरूमा नेपाल प्रहरी र नगर प्रहरीको गस्ती पनि व्यवस्था गरिएको जनाएको छ ।
जसमा सरस्वती आधारभूत विद्यालय, स्याँलामा एक सय १६ विद्यार्थीले परीक्षा दिइरहेका छन् । भने ज्ञानोदय माध्यमिक विद्यालय, चौतारामा एक सय ५३ ,राडीज्युला शिक्षा, क्याम्पस राडीमा दुई सय ५२ , शहिद स्मृति दिपज्योति नमुना मावि, राडीमा एक सय ५४, जकल्यान माध्यमिक विद्यालय, गोहीरीमा एक सय १३ र आदर्श माध्यमिक विद्यालय, क्यामिरेकोटमा एक सय २९ विद्यार्थीहरू परीक्षामा सहभागी भएको शिक्षा, युवा तथा खेलकुद शाखाका प्राविधिक सहायक नरेन्द्र कुमार कार्कीले जानकारी दिए।