घोराही उपमहानगरपालिका वडा नम्बर १४ मा अवस्थित शुभ प्रभात माध्यमिक विद्यालयको व्यवस्थापन समिति गठनको बारेमा बिबाद भएपछि बिद्यालयका प्रधानाध्यापक रुद्र बुढामाथी आक्रमण गर्नेहरुलाई तुरुन्तै पक्राउ गरेर कानुनि कारबाही गर्न स्थानीय प्रहरी प्रशासनलाई दाङ क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य मेटमणि चौधरीले आग्रह गरेका छन ।
कुटपिट गरि घाइते भएका बुढालाई उपचारकाक्रममा राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा भेट्न पुगेका मेटमणिले बिद्यालय परिसरमा नै कानुन हातमा लिई प्रधानाध्यापकलाई कुटपिट गर्नु अराजकता पराकाष्ठ भएको बताए । उनले घटनालाई राजनितिक रङ नदिई दोषिलाई गिरफतार गरेर कानुनि राज्य स्थापना गर्न प्रहरीलाइ आग्रह गरेका छन । उनले दोषिलाइ कारबाही नगरे कुटपिटको घटना बारे संसदमा नै कुरा उठाउने बताए ।
तीन पटकसम्म पनि अभिभावक भेलाबाट व्यवस्थापन समिति गठन हुन नसकेपछि झडप भएको थियोे । विद्यालयका प्रधानाध्यापक रूद्र बुढामगरले वडाध्यक्ष भानसिङ बुढामगरले आफूमाथि हातपात गरेको भन्दै गम्भीर प्रअ बुढाले आरोप लगाएका छन् । जागरणन अनलाईनबाट