दाङ घोराही उपमहानगरपालिका १४ स्थित शुभप्रभात माध्यमिक बिद्यालयमा प्रधानाध्यापक माथि कुटपिट भएको घटाप्रति चार बिद्यार्थी संगठनहरुले संयुक्त पत्रकार सम्मेलन गर्दै दोषीलाई तत्काल कानुनी दायरामा ल्याउन प्रशासन सँग माग गरेका छन् । बिद्यालय समयमा प्रधानाध्यापक माथि भएको कुटपिटको निन्दा गर्दै अखिल (क्रान्तिकारी)का दाङ जिल्ला अध्यक्ष गोबिन्द मल्ल , अखिल (क्रान्तिकारी)का जिल्ला संयोजक इन्दु वली , अखिल छैठौँ का अध्यक्ष सेबक भट्टराई , अखिल (क्रान्तिकारी) दाङ जिल्ला इन्चार्ज सोम्पाल कामी लगाएका बिद्यार्थी नेताहरुले ऐक्यवद्धता जनाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरेका हुन । सोही घटना दोषीलाई कारबाहीको माग गर्दै चार बिद्यार्थी संगठनहरुले शुभ प्रभात माबिको गेटमा संयुक्त पत्रकार सम्मेलन गरेका हुन ।
पत्रकार सम्मेलनमा संगठनको तर्फबाट धारणा राख्दै अखिल (क्रान्तिकारी) केन्द्रिय कार्यालय सदस्य नबिन खड्काले बिद्यालय शान्ति क्षेत्रमा वडाअध्यक्ष जस्तो जिम्मेवार व्यक्तिको नेतृत्वमा प्रधानाध्यापक माथि कुटपिट हुन गुण्डागर्दी शैली भएको बताएका छन् । बिद्यालय जस्तो शान्ति क्षेत्रमा भएको यस घटनाले जिम्मेवार सम्पुर्ण शिक्षकहरुलाई कार्यशैलीमा असर पुर्याउने बताउँदै गुण्डागर्दी नगर्न चेतावनी दिएका छन् । बिद्यार्थीले सामुदायिक बिद्यालयमा शिल्क लिईयो , नीजि बोर्डिङ स्कुलहरुको शिल्क महंगो भो भनि आवाज उठाउदा पुलिस पठाउने प्रशासनले बिद्यालय समयमा बिद्यालय भित्र प्रधानाध्यापक कुटिदा प्रशासनले कुनै पहल कदमी नलिनु सत्ताको चलखेल भएको उनको भनाई थियो ।
त्यस्तै अखिल (क्रान्तिकारी)का लुम्विनी प्रदेश इन्चार्ज प्रेमप्रशान्त बोहोराले केही भुमाफिया जग्गा दलालहरको सलंग्नतामा शुभप्रभात माबिको जग्गा अतिक्रमित भएको बताए । अतिक्रमित भएको जग्गा प्रअ रुद्र बुढाले जाहेरी दिदा जिल्ला अदालत दाङले बिद्यालय कै पक्षमा फैसला गरेका बताउँदै फेरी उच्च अदालतले उक्त जिल्लाको फैसाल उल्टयाउदै जग्गा दलालहरु कै पक्षमा फैसाला गरेको उनको भनाई थियो । सोही मुद्दा अहिले सर्बोच्च अदालमा चलिहेको र प्रअ रुद्र बुढा जग्गा फिर्ताका लागि मुद्दा लडिरहेको बोहोराले बताए । बरु एमालेबाट निर्बाचित वडाअध्यक्ष लगाएतको केही समुहले बिद्यालयमा जग्गा फिर्ता नहुने हिसावले समिति गठन गर्न चाहेको आरोप लगाए । बिद्यालयको कुनै पनि जग्गा नीजि प्रयोजनका लागि भोगचनल गर्न नपाईने र भुमाफियाहरुले अतिक्रमित गरेको जग्गा बिद्यालय कै स्वामित्वमा फिर्ता आउनु पर्ने बिद्यार्थी संगठन माग रहेको बताए ।
अखिल (क्रान्तिकारी) दाङका जिल्ला अध्यक्ष गोबिन्द मल्लले शिक्षक र बिद्यार्थीहरुको पक्षमा हजारौँ बिद्यार्थीहरु सडकआन्दोलनमा आउँने बताएका छन् । अन्याय र अत्याचारका बिरुद्धमा आवाज उठाउँदै आएको बिद्यार्थी संगठन बिद्यालय समयमा जनप्रतिनिधिबाट प्रअ कुटिदा चुप लागे बस्न नसकिने बताए । कुटपिट गर्ने समुह माथि कानुनी कारबाही नभए बिद्यार्थी संगठनहरुले अर्को चरणका संघर्षका कार्यक्रमहरु अघि बढाउने अध्यक्ष मल्लको भनाई थियो ।
त्यस्तै अखिल छैठौका जिल्ला अध्यक्ष सेबक भट्टराईले सामुदायिक बिद्यालयहरुमा सत्ताधारी राजनीतिक दलहरुले कसरी हस्तक्षेप गर्छन भन्ने बुधबार प्रअ माथि भएको कुटपिटको घटना प्रस्ट भएको बताए । जनप्रतिनिधिले शिक्षक र बिद्यार्थी नेता माथि कुटपिट गरेको घटनाको निन्दा गर्दै उक्त घटनाको बिरुद्धमा संयुक्त संघर्षमा जाने ऐक्यबद्धता जनाएका थिए ।
एमाले बाट निर्वाचित घोराही उपमहानगरपालिका १४ का वडाअध्यक्ष भानसिङ बुढाले भने यस घटनामा आफु सलंग्न नभएको बिद्यालयका प्रअ रुद्र बुढाको योजनामा घटना घटाईएको आरोप लगाएका छन् ।