घोराही १४ मा रहेको शुभप्रभात माविका प्रधानाध्यापक र बिद्यार्थीहरू माथि निर्घात कुटपिट भएको घटना माथि निन्दा गर्दै संयुक्त विद्यार्थी संगठनले दोषीलाई कानुनी कारवाहीको माग गरेको छ। संयुक्त संगठनले विद्यालयलाई शा िन्त र शैक्षिक गतिविधिहरूका लागि सुरक्षित स्थानको रूपमा कायम राख्न र अतिक्रमित जमिन विद्यालयको स्वामित्वमा ल्याउन सम्बन्धित निकायलाई आग्रह गरेको छ।
विद्यालयमा विद्यालय व्यवस्थापन समितिको गठन प्रक्रिया दौरान विवाद उत्पन्न भएको थियो । नेकपा एमाले बाट निर्वाचित वडा अध्यक्ष भानसिंह बुढाले विद्यालयका प्रधानाध्यापक रुद्र बुढालाई विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बनाउन धम्की दिएर गालीगलौज र कुटपिट गरेको बिज्ञप्तिमा उल्लेख गरिएको छ । उक्त घटनामा शुभप्रभात माबिका प्रधानाध्यापक रुद्र बुढा सँगै अखिल (क्रान्तिकारी)का केन्द्रीय समिति सदस्य नरेन्द्र विक र विद्यार्थी नेता पवन विश्वकर्मा माथि निर्घात कुपिट गरिएको थियो । उनीहरू विद्यालयको जमिन अतिक्रमण सम्बन्धी छलफल गर्न बिद्यालयमा गएका थिए । सोही बिद्यालयमा १४ नम्वर वडा अध्यक्ष भानसिंङ बुढा नेतृत्वको टोलिले कुटपिट गरेको बिद्यार्थी संगठनले बताएका छन्।