• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
सोमबार, भदौ ०८, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

बालिका हत्या प्रकरण : अनुसन्धानको गोपनीयता कहाँ हरायो? कसरी बाहिरियो आरोपीको भिडियो ?

पन्ध्र किलो लागुऔषधसहित पाँच महिला पक्राउ

सुनको मूल्यमा प्रतितोला ३२ सय बढ्यो, कति पुग्यो ?

आज प्रतिनिधिसभा बैठक बस्दै,यस्तो छ कार्यसूची

कस्तो रहला आजको मौसम?

इटहरीमा ‘सन नेपाल क्लब मोटिभेटिङ प्रोग्राम’ सम्पन्न

सुनको मूल्य ह्वात्तै बढ्यो

रुकुम पश्चिममा गाडीको ठक्कर बाट आमाछोरीको मृत्यु

९ दिन पछि खुल्यो जाजरकोटको चौखामा बाढीले बगाएको सडक, पुनः अवरुद्ध हुने जोखिम कायमै

लोकप्रिय समाचार

  • १. रुकुम श्री बस चढ्दा फ्री टिकट देखि स्कुटर जित्ने मौका

  • २. नेकपा – एमाले बीच कर्णालीमा मिल्यो भागबन्डा कसले कुन मन्त्रालय पाए ?

  • ३. छोराको हत्या पछि आमाले पनि त्यागिन प्राण ,श्रीमान् विदेश बाट फर्किदै

  • ४. रुकुम पश्चिममा गाडीको ठक्कर बाट आमाछोरीको मृत्यु

  • ५. जाजरकोटको नलगाडमा जीप दुर्घटना : १ जनाको मृत्यु ६ घाइते

  • ६. भदौ २३ गते लाखौँ नागरिकलाई सडकमा उत्रिन रवि किरण हमालको अपिल

  • ७. विपद् प्रभावितको उद्धार र पुनःस्थापनामा प्रदेशसभाको जोड

  • ८. बालिका हत्या प्रकरण : अनुसन्धानको गोपनीयता कहाँ हरायो? कसरी बाहिरियो आरोपीको भिडियो ?

  • ९. कर्णालीका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले आज विश्वासको मत लिँदै

  • १०. आज पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार?

सागसब्जी बेचेर मासिक एक लाख आम्दानी


  •   बुधबार, फागुन २८, २०८१ मा प्रकाशित
  • सुनसरी : प्रत्येक दिन रोजगारीको खोजीमा सयौँ युवा बिदेसिने गरेका छन् भने केही भने विदेशबाट फर्किएर स्वदेशमा नै व्यवसायी बनेका छन् ।

    Advertisement

    विदेशबाट फर्किएर नेपालमा स्वरोजगार बनेका एक उदाहरण छन् । रामधुनी नगरपालिका–२ कालीझोडाका किसान सुरकुमार राई । एघार वर्ष विदेशमा श्रम गरेर स्वदेश फर्किएका उनले रु ३० हजार लगानीमा सुरु गरेको सागसब्जीखेतीबाट वार्षिक १२ लाख आम्दानी गर्दै आएका छन ।

    विसं २०७६ सालमा रामधुनी कृषि फार्म दर्ता गरेर अहिले १२ कट्ठा जमिनमा गोलभेँडाखेतीसँगै अन्य सागसब्जीखेती गरिरहेका सोलुखुम्बुका उद्यमी राईले मलेसिया र सिङ्गापुरमा आर्जन गरेको रकमबाट इलम थालेको बताए । उनको बारीमा गोलभेँडासँगै बोडी, सिमीलगायत सागसब्जी लहलहाएका छन् । उनको बारीमा दैनिक ज्यालादारीमा तीन जना कार्यरत छन् । उनले भने, “अहिले गोलभेँडाको सिजन अलि कम हुँदै गएका कारण तीन जना मात्र कामदार राखेको छु, , गोडमेल, मल हाल्ने मुख्य सिजनको समयमा १० जनासम्म कामदार राख्ने गरेको छु । मैले उत्पादन गरेको सागसब्जी बिक्रीका लागि बजार लानु पर्दैन, बजारको समस्या छैन खरिद गर्न व्यापारी आफैँ फार्ममा आउनुहुन्छ । धरान, इटहरी, गाईघाट, दमक बराहक्षेत्रका व्यापारी फार्ममा नै गोलभेँडा खरिद गर्न आउने गरेका छन् ।”

    गोलभेँडाको मूल्य मङ्सिरदेखि पुससम्म राम्रो हुन्छ जुन समय रु ४५ देखि ६० सम्ममा फार्मबाटै व्यापारीले खरिद गरेर लाने गरेकामा अहिले भने बजारमा गोलभेँडाको मूल्य घटेको कारण रु १० देखि रु १५ मा बिक्री गर्नुपरेको उनले बताए ।

    प्लाष्टिक टनेलमा गोलभेँडाखेती गरेका उनी यसो गर्दा उत्पादन बढ्ने उनले सुनाए । गोलभेँडाखेती सुरु गरेको वर्ष स्थानीय सरकारबाट उत्कृष्ट किसानका रूपमा पुरस्कृत भएपछि उनले पछाडि फर्केर हेर्नु परेको छैन । उनी काममा नै तन्मय छन् ।

    गोलभेँडा आठ महिना उत्पादन हुन्छ, सिजनमा दैनिक १४ क्विन्टलसम्म बिक्री हुने गरेको उनले बताए । एक सिजनमा उनले तीन हजार क्विन्टलसम्म गोलभेँडा बिक्री गर्दै आएका छन् । स्थानीय सरकारले प्रत्येक वर्ष अनुदानस्वरुप गोलभेँडाको बीउ, मल प्रदान गर्ने गरेको छ भने कृषि ज्ञान केन्द्रले २०७७ सालमा दिएको रु सात लाख अनुदानले गोलभेँडाखेती विस्तार गर्न सहयोग पुगेको बताए ।

    अनुदानसँगै तालिम पनि पाएमा कीरा नियन्त्रण गर्न सजिलो हुने उनी बताउछन् । गोलभेँडाखेतीमा सही प्रविधि र सरकारी सहयोगसँगै बजार व्यवस्थापन राम्रो भयो भने अझ व्यावसायिक रूपमा राम्रो खेती गर्न सकिन्छ । जिल्लामा हाल आठ हजार एक सय ५३ हेक्टरमा सागसब्जीखेती हुँदै आएको कृषि ज्ञान केन्द्रका सूचना अधिकृत प्रवीणलाल श्रेष्ठले बताउछन् । रामधुनीका साथै बराह क्षेत्रलगायत स्थानका किसानले गोलभेँडा, बन्दाकोबी र बोडीखेती गर्दै आएका छन् ।

    बुधबार, फागुन २८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बालिका हत्या प्रकरण : अनुसन्धानको गोपनीयता कहाँ हरायो? कसरी बाहिरियो आरोपीको भिडियो ?
    पन्ध्र किलो लागुऔषधसहित पाँच महिला पक्राउ
    सुनको मूल्यमा प्रतितोला ३२ सय बढ्यो, कति पुग्यो ?
    आज प्रतिनिधिसभा बैठक बस्दै,यस्तो छ कार्यसूची
    कस्तो रहला आजको मौसम?
    इटहरीमा ‘सन नेपाल क्लब मोटिभेटिङ प्रोग्राम’ सम्पन्न

    लोकप्रिय

    • १.
      रुकुम श्री बस चढ्दा फ्री टिकट देखि स्कुटर जित्ने मौका

    • २.
      नेकपा – एमाले बीच कर्णालीमा मिल्यो भागबन्डा कसले कुन मन्त्रालय पाए ?

    • ३.
      छोराको हत्या पछि आमाले पनि त्यागिन प्राण ,श्रीमान् विदेश बाट फर्किदै

    • ४.
      रुकुम पश्चिममा गाडीको ठक्कर बाट आमाछोरीको मृत्यु

    • ५.
      जाजरकोटको नलगाडमा जीप दुर्घटना : १ जनाको मृत्यु ६ घाइते

    • ६.
      भदौ २३ गते लाखौँ नागरिकलाई सडकमा उत्रिन रवि किरण हमालको अपिल

    भर्खरै

    • १.
      बालिका हत्या प्रकरण : अनुसन्धानको गोपनीयता कहाँ हरायो? कसरी बाहिरियो आरोपीको भिडियो ?

    • २.
      पन्ध्र किलो लागुऔषधसहित पाँच महिला पक्राउ

    • ३.
      सुनको मूल्यमा प्रतितोला ३२ सय बढ्यो, कति पुग्यो ?

    • ४.
      आज प्रतिनिधिसभा बैठक बस्दै,यस्तो छ कार्यसूची

    • ५.
      कस्तो रहला आजको मौसम?

    • ६.
      इटहरीमा ‘सन नेपाल क्लब मोटिभेटिङ प्रोग्राम’ सम्पन्न

    • ७.
      सुनको मूल्य ह्वात्तै बढ्यो

    • ८.
      रुकुम पश्चिममा गाडीको ठक्कर बाट आमाछोरीको मृत्यु

    हाम्रो बारेमा

    सम्पर्क : 9841308540
    समाचारको लागि इमेल : ujyalopatinews@gmail.com
    विज्ञापनको लागी इमेल: ujyalopati2024@gmail.com

    सुचना . बिभाग.  दर्ता नं. :  4763-2081/2082
    कम्पनी रजिस्ट्रार : 351844-2081/82

    सम्पर्क

    उज्यालो रिसर्च एण्ड मल्टिमिडिया प्राली
    सम्पर्क : 9843323438, 9765014880

    ईमेल : ujyalopati2024@gmail.com

    हाम्रो टीम

    अध्यक्ष : नेत्रा केसी

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    समाचार सम्पादक : सुजन बि.क.

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.