आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनका लागि रुकुम पश्चिमको आठबिसकोटमा रहेको राडीज्युला शिक्षा क्याम्पसमा अखिल क्रान्तिकारी , अनेरास्ववियु, अनेरास्ववियु एकिकृत समाजवादी र नेविसंघको संयुक्त प्यानलले मनोनयन दर्ता गरेको छ।
Advertisement
अखिल (क्रान्तिकारी)का सुग्रीम ओलीको नेतृत्वमा उम्मेदवारी दर्ता गरिएको हो । ओलीको नेतृत्वमा १५ सदस्यीय समितिको मनोनयन दर्ता गरिएको क्याम्पस सभापति दिपक केसीले जानकारी दिए । सबै संगठनले सहमतिमा मनोनयन दर्ता गरिएको उनले जानकारी दिए ।
सहमति अनुसार अध्यक्ष मा अखिल( क्रान्तिकारी ) बाट सुग्रीम ओली, (अखिल समाजबादी ) बाट सिमा बोहरा उपाध्यक्ष , नेविसंघ बाट नारायण शर्मा सचिव, अनेरास्ववियु एस बाट बिरेन्द्र मल्ल सहसचिव र अनेरास्ववियु बाट सुप्रीया पुरी कोषाध्यक्ष पदमा उम्मेदवारी दिएका हुन्।