आज प्रतिनिधि सभा बैठक चलिरहेको बेलामा कुर्सी भाचिँदा एक जना सांसद घाइते भएका छन् । मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा एमाले सांसद उर्मिला थेवे बसेको कुर्सी भाँचिएको हो ।
Advertisement
बैठकको विशेष समयमा कांग्रेस सांसद गगन थापा बोलिरहेका बेला कुर्सी भाँचिएको थियो । सांसद लडेपछि सभामुख देवराज घिमिरेले चासो देखाएका थिए ।
उनलाई अहिले संसद् भवनबाट बाहिर लगिएको छ । उनको अवस्था सामान्य नै रहेको बताइएको छ ।