• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

मदरल्यान्ड चेस क्लबमा ‘Passing the Crown’ को रौनक: बिदाइ, स्वागत र पदभार ग्रहणसँगै पहिलो बोर्ड बैठक सम्पन्न ।

रसुवा बाढी ; उद्धार कार्य प्रभावकारी बनाउन सांसदको माग

प्रधानमन्त्री शाह र मलेसियाका समकक्षी इब्राहिमबीच टेलिफोन वार्ता

कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस

सुनको मूल्यमा गिरावट,कतिमा हुँदै छ कारोबार ?

बाढीको भेलमा चट्टान बनेर उभिएको त्यो घर

भोटेकोशी–त्रिशूली बाढीले पर्यटन क्षेत्रमा ५२ अर्ब बढीको क्षति

९औँ विश्वकर्मा भलिबल कप सम्पन्न, दाजुभाइ क्लब गल्याङले जित्यो उपाधी ।

दाङ उद्योग वाणिज्य संघ: वरिष्ठ उपाध्यक्ष पदका लागि महेन्द्र बुढाथोकीको उम्मेदवारी र कार्ययोजना सार्वजनिक

लोकप्रिय समाचार

  • १. आठबिसकोट–९ को वडा सभापतिमा ललित चन्द निर्वाचित

  • २. भारतमा हुने काभा क्लब च्याम्पियनसिप भलिवल प्रतियोगिता रुकुम पश्चिमले खेल्ने

  • ३. राप्रपा काठमाडौं जिल्ला अध्यक्ष दीपक केसीलाई क्षेत्र नं. १ द्वारा बधाई तथा शुभकामना

  • ४. दाङ उद्योग वाणिज्य संघ: वरिष्ठ उपाध्यक्ष पदका लागि महेन्द्र बुढाथोकीको उम्मेदवारी र कार्ययोजना सार्वजनिक

  • ५. कर्णाली सरकारको बजेट कार्यान्वयनमाथि छलफल

  • ६. बाढी प्रभावितलाई तत्काल राहत र पुनर्स्थापनाको व्यवस्था गर्न कांग्रेस बागमती प्रदेशको माग

  • ७. बाढीको भेलमा चट्टान बनेर उभिएको त्यो घर

  • ८. कर्णालीमा दुई पटक गयो भूकम्प

  • ९. आज बढ्यो सुनको मूल्य

  • १०. नेपाल प्रहरीमा ठूलो संख्यामा जागिर खूल्यो, कहिले सम्म आवेदन दिन मिल्छ?

सिस्नो, बाँको र गुन्द्रुक ‘ब्राण्डिङ’ गर्दै महिला


  •   सोमबार, फागुन २६, २०८१ मा प्रकाशित
  • बागलुङ । यहाँको जैमिनी नगरपालिका–३ दमेकका महिला डेढ वर्ष अगाडिसम्म घरकै काम धन्दामा सीमित थिए । घाँस, दाउरा र खेतीपाती गरेर जीविका चलाउँदै आएका महिला अहिले उद्यमी बनेका छन् । बारीको कान्लामा खेर गइरहेको सिस्नो र बाँकोलाई आम्दानीको स्रोत बनाएर उनीहरू अहिले आर्थिक रूपमा सबल बनेका छन् ।

    Advertisement

    जैमिनी नगरपालिकाले एक वर्ष अगाडि दिएको तालिमले अहिले यहाँका ५५० महिला प्रत्यक्ष उद्यमसँग जोडिएका हुन् । रुद्रताल सामाजिक महिला सहकारी संस्थामा आबद्ध महिलाले गाउँमै सिस्नो पाउडर, बाँको गुन्द्रुक, आलु चिप्स बनाएर बिक्री गर्नुका साथै बारीमा सिमी उत्पादन गरेर बजारीकरण गर्दै आएका छन् । सहकारीमा आबद्ध अधिकांशले सिस्नो पाउडर, बाँकोको गुन्द्रुकलाई ‘प्याकेजिङ’ र ब्राण्डिङ गर्दै आएका छन् ।

    स्थानीय स्रोत साधन प्रयोग गरेर महिलालाई उद्यमसँग जोड्न तालिम दिएर र दक्ष बनाएपछि अहिले व्यावसायिक बन्न थालेको रुद्रताल सामाजिक महिला सहकारी संस्थाकी कोषाध्यक्ष तारा पुनले बताइन् । तालिम लिनु पूर्व वनजङ्गल र बारीमा भएका बाँको, सिस्नो खेर गएकामा अहिले प्रशोधन गरेर पैसासँग साट्ने गरेको उनको भनाइ छ । तालिमले यहाँका महिलालाई व्यावसायिक बनाएको पुनले बताइन् ।

    उनले भनिन्, “बाँको त हाम्रो जङ्गलमा जति पनि पाइन्छ, सिस्नोले बारीनै ढाक्छ, पहिले यतिकै खेर गएका ती वस्तुहरू अहिले प्याकेजिङ र ब्राण्डिङ गरेपछि पैसामा बिक्री हुन्छ, सिस्नोका पाउडर बनाउन दुई सातासम्म लाग्छ, गुन्द्रुक १० दिनमै तयार गर्न सकिन्छ ।”

    आफूहरूले उत्पादन गरेको सिस्नोको पाउडर, बाँकोको गुन्द्रुक, सिमीलगायतका स्थानीय उत्पादन जापान, हङकङसम्म पुग्ने गरेको उनको भनाइ छ । मागअनुसार बजारमा उत्पादन पठाउन सकेको पुनले बताइन् । गत वर्ष रु चार लाखको सिस्नोको पाउडर, रु दुई लाखको गुन्द्रुक र दुई लाखको सिमी बिक्री गरेको उनको अनुभव छ ।

    जैमिनी नगरपालिका–३ का अध्यक्ष कृष्ण भुजेलले महिलालाई उद्यमी बनाउन तालिम सञ्चालन गरेपछि स्थानीय उत्पादनको प्रशोधन, प्याकेजिङ, ब्राण्डिङ गरी बजारीकरण गर्न थालेको बताए । नगरपालिकाले तालिमसहित आलु काट्ने, प्याकेजिङ, लेबलिङ र प्याकेजिङ गर्ने मेसिन उपलब्ध गराएपछि महिला सक्रिय बनेको उनको भनाइ छ ।

    महिलाले सुरुमा करिब रु २० लाख लगानीमा प्याकेजिङसहितको मेसिन लिएर उद्योग सञ्चालन गरेका थिए । पछिल्लो समय देश विदेशबाट उनीहरूको उत्पादनको माग बढ्दै गएपछि महिला उद्यमी उत्साहित बन्दै गएका छन् । रासस

    सोमबार, फागुन २६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रसुवा बाढी ; उद्धार कार्य प्रभावकारी बनाउन सांसदको माग
    प्रधानमन्त्री शाह र मलेसियाका समकक्षी इब्राहिमबीच टेलिफोन वार्ता
    कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस
    सुनको मूल्यमा गिरावट,कतिमा हुँदै छ कारोबार ?
    बाढीको भेलमा चट्टान बनेर उभिएको त्यो घर
    भोटेकोशी–त्रिशूली बाढीले पर्यटन क्षेत्रमा ५२ अर्ब बढीको क्षति

    लोकप्रिय

    • १.
      आठबिसकोट–९ को वडा सभापतिमा ललित चन्द निर्वाचित

    • २.
      भारतमा हुने काभा क्लब च्याम्पियनसिप भलिवल प्रतियोगिता रुकुम पश्चिमले खेल्ने

    • ३.
      राप्रपा काठमाडौं जिल्ला अध्यक्ष दीपक केसीलाई क्षेत्र नं. १ द्वारा बधाई तथा शुभकामना

    • ४.
      दाङ उद्योग वाणिज्य संघ: वरिष्ठ उपाध्यक्ष पदका लागि महेन्द्र बुढाथोकीको उम्मेदवारी र कार्ययोजना सार्वजनिक

    • ५.
      कर्णाली सरकारको बजेट कार्यान्वयनमाथि छलफल

    • ६.
      बाढी प्रभावितलाई तत्काल राहत र पुनर्स्थापनाको व्यवस्था गर्न कांग्रेस बागमती प्रदेशको माग

    भर्खरै

    • १.
      मदरल्यान्ड चेस क्लबमा ‘Passing the Crown’ को रौनक: बिदाइ, स्वागत र पदभार ग्रहणसँगै पहिलो बोर्ड बैठक सम्पन्न ।

    • २.
      रसुवा बाढी ; उद्धार कार्य प्रभावकारी बनाउन सांसदको माग

    • ३.
      प्रधानमन्त्री शाह र मलेसियाका समकक्षी इब्राहिमबीच टेलिफोन वार्ता

    • ४.
      कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस

    • ५.
      सुनको मूल्यमा गिरावट,कतिमा हुँदै छ कारोबार ?

    • ६.
      बाढीको भेलमा चट्टान बनेर उभिएको त्यो घर

    • ७.
      भोटेकोशी–त्रिशूली बाढीले पर्यटन क्षेत्रमा ५२ अर्ब बढीको क्षति

    • ८.
      ९औँ विश्वकर्मा भलिबल कप सम्पन्न, दाजुभाइ क्लब गल्याङले जित्यो उपाधी ।

    हाम्रो बारेमा

    सम्पर्क : 9841308540
    समाचारको लागि इमेल : ujyalopatinews@gmail.com
    विज्ञापनको लागी इमेल: ujyalopati2024@gmail.com

    सुचना . बिभाग.  दर्ता नं. :  4763-2081/2082
    कम्पनी रजिस्ट्रार : 351844-2081/82

    सम्पर्क

    उज्यालो रिसर्च एण्ड मल्टिमिडिया प्राली
    सम्पर्क : 9843323438, 9765014880

    ईमेल : ujyalopati2024@gmail.com

    हाम्रो टीम

    अध्यक्ष : नेत्रा केसी

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    समाचार सम्पादक : सुजन बि.क.

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.