काठमाडौंः पूर्वराजा ज्ञानेन्द्र शाहलाई काठमाडौं मा भव्य स्वागत गरिएको छ । विमानस्थलको द्वारमा उनका समर्थकहरुले ‘राजा आउ देश बचाउ’ भन्दै नाराबाजी गर्दै स्वागत गरेका छन् । पूर्वराजा शाहलाई स्वागत गर्न दिउँसोदेखि नै राजावादी विभिन्न स्थानमा भेला भएर र्यालीसहित विमानस्थलको द्वारसम्म पुगेका थिए ।
Advertisement
विमानस्थलको द्वारमा आफ्नो गाडीमा उभिएर पूर्वराजा शाहले आफ्नो समर्थकहरुको अभिनन्दन स्वीकार गरेका थिए । समिट एयरको ९एन–एकेजेड कलसाइन चार्टर्ड उडानमार्फत काठमाडौं आएका उनलाई त्रिभुवन विमानस्थलबाहिर समर्थकहरुले स्वागत गरेका थिए ।