पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार पोखराबाट काठमाडौं फर्किनुहुने भएको छ। उहाँका समर्थकले भव्य स्वागतको तयारी गर्दैछन्। काठमाडौंमा सुरक्षा व्यवस्था कडा पार्ने निर्णय गरिएको छ, र नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका टोलीहरूलाई परिचालन गरिनेछ।
Advertisement
सुरक्षा प्रमुखले हुलहुज्जत, गैरकानूनी र सामाजिक मर्यादाविपरीत गतिविधिहरूलाई कडाइका साथ रोक्ने बताएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि निर्मल निवाससम्मको क्षेत्रमा विशेष सुरक्षा व्यवस्था गरिएको छ ।