• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
बिहिबार, फागुन २१, २०८२
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

१८ वर्ष पछि विप्लवले गरे मतदान l

तनाव पछी दोलखाको मालुमा मतदान स्थगित

सिरहा क्षेत्र नं. ३ : नगद सहित जसपा उम्मेदवार पक्राउ ।

भक्तपुरमा कार दुर्घटना: तीनको मृत्यु दुई घाइते ।

ह्वात्तै बढ्यो सुनको मुल्य

साउदीको रियादस्थित अमेरिकी दूतावासमा ड्रोन आक्रमण

मुस्ताङमा दुर्घटनामा परी निर्वाचनमा खटिएका कर्मचारीको मृत्यु

बढ्यो, आज कतिमा हुदैँछ कारोबार ?

संसदमा पुगेर जनताका मुद्दा उठाउँछु- उम्मेदवार शर्मा

लोकप्रिय समाचार

  • १. आठबिसकोटमा एमाले,काँग्रेस र प्रलोपा त्यागेर ३० जना बढीले प्रवेश गरे नेकपामा ।

  • २. आठबिसकोटमा नेपाली काँग्रेसको टोल नै नेकपामा प्रवेश

  • ३. आठबिसकोटमा एमाले परित्याग गरेर २३ जना नेकपामा प्रवेश

  • ४. सानिभेरीमा एमाले-काँग्रेस त्यागेर ११ जना नेकपामा प्रवेश

  • ५. शहिदले आन्दोलनमा बगाएको रगत खेर जान दिनेछैन- गोपाल शर्मा

  • ६. मध्यपूर्वमा तनावः खाली गराइयो विश्वकै अग्लो भवन बुर्ज खलिफा

  • ७. काठमाण्डौ ४ : मुस्कान पौडेललाई यसकारण दिने मत ।

  • ८. खामेनीको मृत्युपछि इरानले दियो इतिहासकै सबैभन्दा ठूलो आक्रमण गर्ने धम्की

  • ९. संसदमा पुगेर जनताका मुद्दा उठाउँछु- उम्मेदवार शर्मा

  • १०. एमाले र रास्वपाबिच झडप, एमालेका दुई कार्यकर्ता घाइते

गढवा गाउँपालिकाको स्थापना दिवसको अवसरमा खेलकुद प्रतियोगिता सुरू


  •   आइतबार, फागुन २५, २०८१ मा प्रकाशित
  • आलोक भाबुक
    दाङको गढवा गाउँपालिकाको स्थापना दिवसको अवसरमा पालिकास्तरीय खेलकुद प्रतियोगिताको शनिबार उद्घाटन गरिएको छ । गढवा गाउँपालिकाको अध्यक्ष यम नारायण पोख्रेलको सभाध्यक्षता र लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्व स्वास्थ्य मन्त्री इन्द्रजित थारुको प्रमुख आतिथ्यमा तथा गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीको बिशिस्ट आतिथ्यमा विविध खेलकुद प्रतियोगिताको उद्घाटन गरिएको छ।

    Advertisement

    तेस्रो गढवा गाउँपालिका स्तरीय खेलकुद प्रतियोगिता तथा ११५ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आयोजित कार्यक्रमको उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्व स्वास्थ्य मन्त्री इन्द्रजित थारुले संविधानले समानताको सबै अधिकार सुनिश्चित गरेको भएतापनि कार्यान्वयनमा अझै पनि ढिलाई भएको बताउनुभयो। मतदान, आर्थिक समान्ता, राजनीतिक लगायतका थुप्रै क्षेत्रमा हक अधिकारको सुनिश्चित गरेको तर कार्यान्वयनको अवस्था अझै पनि कमजोर भएको बताउनुभयो। अधिकार सम्पन्न महिलाहरुले कम्जोर नभई आफ्ना अधिकार कार्यान्वयन तर्फ अग्रसर हुनु पर्ने बताउनुभयो। त्यसैगरी ११५ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा तथा गढवा गाउँपालिका स्थापना दिवसको अवसरमा आयोजित तेस्रो खेलकुद प्रतियोगिताको उद्घाटन कार्यक्रममा बोल्दै गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले आजको दिन महिलाहरुले संघर्ष गरेर प्राप्त गरेको स्मरणका रुपमा दिवश मनाउन थालेको बताउनुभयो। दिवश मनाउनुको प्रमुख कारण महिलाहरुको हक अधिकार प्राप्त भएका अधिकार लाई कार्यान्वयन र थप अधिकार प्राप्तका लागि आजको दिन महत्वपूर्ण दिन भएको बताउनुभयो। अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा गाउँपालिका संगै विभिन्न संघ संस्थाहरुले एक ठाउँमा मात्र नभई ठाउँ ठाउँमा गाउ बस्तीमा दिवश मनाउनु सकरात्मक भएको बताउनुभयो। आजको समाजले महिला नेतृत्व स्वीकार गर्न नसकेको अवस्थामा गढवा गाउँपालिकाले महिला शसक्तिकरणको क्षेत्रमा कैयन कार्यक्रमहरु अघि बढाएको बताउनुभयो।
    त्यसैगरी कार्यक्रममा बोल्दै विशिष्ट अतिथि तथा गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीले आज पनि महिलाहरु पुरुष सरहको हक अधिकार पाउन नसकेको बताउनुभयो। पुरुष सत्तात्मक समाजमा आफ्नो हक अधिकारका लागि महिलाहरु अघि बढ्नु पर्ने बताउनुभयो। समाजमा महिलाहरुको ठुलो भुमिका रहेको समेत उपाध्यक्ष चौधरीले बताउनुभयो। पालिका स्थापना दिवसको अवसरमा गाउँपालिकाले देउखुरीको चारवटै पालिकालाई समेटेर आयोजना गरेको अन्तरपालिकास्तरीय खेलकुदबाट देउखुरीको एकता, मित्रता र समग्र देउखुरीको विकासको लागि आपसी समन्वय कायम हुने कार्यक्रम सञ्चालन तथा व्यवस्थापन उपसमितिका संयोजक तथा ५ नम्बर वडाध्यक्ष लेख बहादुर थापाले जानकारी दिनुभयो।

    यसैबीच गढवा गाउँपालिकाको स्थापना दिवसको अवसरमा देउखुरीको गढवामा आयोजित गढवा गाउँपालिका राप्ती गाउँपालिकाबीच भएको जनप्रतिनिधि तथा कर्मचारी विचको मैत्रीपुर्ण फुटबल खेलमा गढवा गाउँपालिकाले ०३ गोल गर्दै जित निकालेको छ । त्यसैगरी पुरुषतर्फको फुटबल खेलमा गढवा गाउँपालिका र राप्ती गाउँपालिका बिचको मैत्रीपुर्ण फुटबल खेलमा राजपुर गाउँपालिका र गढवा गाउँपालिका बिचको फुटबल खेलमा १(३ ले गढवा जित हासिल गरेको छ भने राप्ती गाउँपालिका र लमही नगरपालिका विचको फुटबल खेलमा पेनाल्टी सुट आउटमा ०(३ गोल लमही नगरपालिका जित हात पारेको छ। त्यसैगरी क्रिकेट खेलतर्फ गढवा गाउँपालिका वडा नम्बर १ र ७ बिचको खेलमा ७ नम्बर वडाले १९ रनले खेल जितेको छ भने वडा नम्बर ३ र वडा नम्बर ५ विचको खेलमा वडा नम्बर ३ ८ रनले म्याच जितेको छ। त्यसैगरी १०० मिटर उद्यमी महिलाहरु बिचको दौड प्रतियोगितामा सृजना चौधरी प्रथम, सरिना खातुन द्वितीय, हिरामोती चौधरी तृतीय र प्रशंसा पाण्डे सान्त्वना स्थान प्राप्त गर्नु भएको छ। त्यसैगरी महिलातर्फको कुर्सी दौड प्रतियोगितामा राप्ती गाउँपालिका वडा नम्बर ३ की मुना घर्ति चौधरी प्रथम, गढवा(७ की हिरामोती चौधरी द्वितीय, गढवा – ४ माया चौधरी तृतीय र गढवा – ६ की शान्ता आचार्य सान्त्वना स्थान हासिल गर्नु भएको छ।स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ शिक्षा स्वास्थ्य कृषि र रोजगार समृद्ध गढवा गाउँपालिकाको आधार भन्ने गढवा गाउँपालिकाको मुख्य नाराका साथमा गढवा गाउँपालिकाको तेस्रो पालिका स्तरीय खेलकुद प्रतियोगिता सुरु भएको छ। कार्यक्रममा नेकपा एमालेका खिमबहादुर बुढा, नेकपा माओवादी केन्द्र गढवा गाउँपालिका कमिटिका अध्यक्ष तिलक घिमिरे, राप्रपाका बाबुराम सिंह ठकुरी, राष्ट्रिय जनमोर्चा गढवाका टुकमान कुंवर, गढवा उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष मदा न्यौपाने ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र गढवाकी प्रमुख ब्रह्मकुमारी यशोदा भट्टराई गढवा सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेड गढवाकी अध्यक्ष शोभा रावत क्षेत्री लगायतकाले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। गढवा गाउँपालिका गाउँ कार्यपालिका सदस्य चन्द्रा केसीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजिकरण गढवा गाउँपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाकी प्रमुख प्रेरणा चन्दले गर्नु भएको थियो।

    आइतबार, फागुन २५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    १८ वर्ष पछि विप्लवले गरे मतदान l
    तनाव पछी दोलखाको मालुमा मतदान स्थगित
    सिरहा क्षेत्र नं. ३ : नगद सहित जसपा उम्मेदवार पक्राउ ।
    भक्तपुरमा कार दुर्घटना: तीनको मृत्यु दुई घाइते ।
    ह्वात्तै बढ्यो सुनको मुल्य
    साउदीको रियादस्थित अमेरिकी दूतावासमा ड्रोन आक्रमण

    लोकप्रिय

    • १.
      आठबिसकोटमा एमाले,काँग्रेस र प्रलोपा त्यागेर ३० जना बढीले प्रवेश गरे नेकपामा ।

    • २.
      आठबिसकोटमा नेपाली काँग्रेसको टोल नै नेकपामा प्रवेश

    • ३.
      आठबिसकोटमा एमाले परित्याग गरेर २३ जना नेकपामा प्रवेश

    • ४.
      सानिभेरीमा एमाले-काँग्रेस त्यागेर ११ जना नेकपामा प्रवेश

    • ५.
      शहिदले आन्दोलनमा बगाएको रगत खेर जान दिनेछैन- गोपाल शर्मा

    • ६.
      मध्यपूर्वमा तनावः खाली गराइयो विश्वकै अग्लो भवन बुर्ज खलिफा

    भर्खरै

    • १.
      १८ वर्ष पछि विप्लवले गरे मतदान l

    • २.
      तनाव पछी दोलखाको मालुमा मतदान स्थगित

    • ३.
      सिरहा क्षेत्र नं. ३ : नगद सहित जसपा उम्मेदवार पक्राउ ।

    • ४.
      भक्तपुरमा कार दुर्घटना: तीनको मृत्यु दुई घाइते ।

    • ५.
      ह्वात्तै बढ्यो सुनको मुल्य

    • ६.
      साउदीको रियादस्थित अमेरिकी दूतावासमा ड्रोन आक्रमण

    • ७.
      मुस्ताङमा दुर्घटनामा परी निर्वाचनमा खटिएका कर्मचारीको मृत्यु

    • ८.
      बढ्यो, आज कतिमा हुदैँछ कारोबार ?

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.