नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लाखौँ जनता सडकमा उतार्ने चेतावनी दिएका छन् ।
Advertisement
शुक्रबार सर्लाहीको सदरमुकाम मलंगवाको कभर्ड हलमा आयोजित माओवादीको ‘जनतासँग माओवादी तराई–मधेश जागरण अभियान’ खबरदारी सभा कार्यक्रमलाई सम्बोधन गर्दै उनले उक्त चेतावनी दिएका हुन् ।
उनले हजारौँ नागरिकको सहादतबाट प्राप्त भएको संघीय लोकतान्त्रिक गणतन्त्रलाई उल्टाउन खोज्नेहरुको विरुद्धमा नेकपा (माओवादी केन्द्र) सडक र सदनबाट संघर्ष गर्न तम्तयार रहेको भन्दै आवश्यक परेको खण्डमा लाखौँ जनता सडकमा उतार्ने चेतावनीसमेत दिए ।