नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट अनेमा संघ (क्रान्तिकारी)को घोराही नगर कमिटी गठन गरीएको छ । शुक्रवार निर्मला वलीको संयोजकत्वमा सात सदस्यीय नगर कमिटी गठन गरिएको हो ।
सहभागी महिला दिदि बहिनीहरुलाई सम्वोधन गर्दै नेकपा बहुकतका दाङ जिल्ला पार्टी इन्चार्ज तिलकले श्रमिक मजदुर महिलाहरुलाई एकजुट भएर आफ्नो हक र हितको रक्षा गर्न आह्वान गरेका छन्। उनले बर्ग संघर्षमा सहभागी भएर आफ्नो अधिकारको लागि आवाज उठाउन आवश्यक रहेको बताउँदै पीडित शोषित महिलाहरुको एकता भए मात्र महिला हक र अधिकारका लागि महत्वपूर्ण हुने बताए । यस समय सबैलाई संगठित भएर आफ्नो हकको लागि संघर्ष गर्न आवश्यकता छ ,पार्टी इन्चार्ज तिलकले भने । महिलाहरुको हकमा सुधार ल्याउनका लागि लामो समयदेखि संघर्ष भइरहेको भए पनि अझै महिलाहरुलाई समाजमा फरक दृष्टीले हरिने भएको हुँदा समाजिक समानताका लागि एकजुट हुन अनुरोध गरे । साथै सिर्जनशीलताको बलमा महिलाहरुले समाजमा सकारात्मक परिवर्तन ल्याउन सक्ने उनको भनाई थियो ।
कार्यक्रमा नेकपा (बहुमत)का दाङ जिल्ला पार्टी इन्चार्ज तिकल , दाङ जिल्ला पार्टी सेक्रेटरी अमर , पार्टी केन्द्रिय सदस्य सजक , अनेमा संघ क्रान्तिकारी लुम्विनी प्रदेश संयोजक धारण लगाएको अतिथ्यता रहेको थियो ।