रुकुम पश्चिमको आठविसकोट नगरपालिकाका ३ जना बालक बेपत्ता भएका छन् । मंगलबार देखि ३ जना बालक एकै साथ बेपत्ता भएका हुन् । आठविसकोट नगरपालिका १२ का १३ वर्षिय विशाल बिक, ११ नम्बर वडाका १० वर्षिय सुरज बिक र ११ वर्षिय प्रेम बिक ३ दिन देखि बेपत्ता भएको सुरजको बुवा गणेश विकले जानकारी दिनुभयो ।
Advertisement
मंगलबार विद्यालय जान्छु भनेर गएका ती ३ बालक विद्यालयमा हाजिर भएको र दिउसो १ बजे पछि सम्पर्क विहिन भएको उहाँले बताउनुभयो ।
प्रेम र विशाल कालो बर्नका र सुरज गौगोरो बर्न भएको बताइएको छ । कोही कसैले कतै फेला पारेमा नजिकैको प्रहरी चौकी तथा ९७४२२५९१७८ सम्पर्क गरिदिन उनीहरूका परिवारले आग्रह गरेका छन् ।