काठमाडौं । जनकपुरबाट काठमाडौं आएको बुद्ध एयरको नाइनएनएएच जहाजले अगाडिको एउटा पांग्रा (नोज ह्वील) बिना नै अवतरण गरेको छ।
Advertisement
बिहीबार जनकपुबारबाट काठमाडौं आएको उक्त जहाजमा एउटा नोज ह्वील जनकपुरमै छुटेपछि एउटा पांग्रा बिना नै जहाज सुरक्षित अवतरण गरेको हो । उक्त जहाज दुर्घटना हुनबाट जोगिएको छ ।
नागरिक उड्डयन प्राधिकरणका सुचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार काठमाडौंमा अवतरण गरिसकेपछि पोष्टफ्लाइट चेक गर्दा अगाडिको नोज ल्यान्डिङ गेयरको एउटा टायर देखिएन । उक्त टायर जनकपुरमा चेक गर्दा विमानस्थलको रनवेको टर्निङमै ल्यान्डिङ गेयर भेटिएको छ ।