घोराही उपमहानगरपालिकाले भने लुम्बिनीका अन्य उपमहानगरभन्दा कम कर घोराहीमै भएको दाबी गरेको छ । सुविधा दिदै जाने र करको दर पनि हेरफेर गर्दै जाने नीति अनुरुप आवश्यकता अनुसार कर बढाइएको मेयर नरुलाल चौधरी बताउनुहुन्छ । ‘२०७४ सालदेखि ८१ सालसम्म सात वर्षको अन्तरालमा करको दर हेरफेर भएको होइन । हामीले २०८१ मा मात्रै केही हेरफेर गरेका छौं’– उहाँ भन्नुहुन्छ– ‘यो अवधिमा सडक सञ्जाल धेरै ठाउँमा पुगेको छ ।
Advertisement
सिचाईका लागि पूर्वाधारको काम अगाडि बढाएका छौं । हामीले सेवा सुविधा पनि पु¥याउने र राजश्व पनि सेवा पुगेको आधारमा लाभ करको रुपमा थप गर्दै गएका छौं ।’ उहाँले लुम्बिनी प्रदेशमा चार उपमहानगरपालिकामा सबै भन्दा कम कर घोराहीकै रहेको दाबी गर्नुभयो ।