• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
मङ्गलबार, जेठ १२, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

वार्ता भैरहेको बेला इरानमाथि अमेरिकाको हवाई आक्रमण

हावाहुरीले घर भत्किदा महिलाको मृत्यु

आजको मौसम : पहाडमा वर्षा, तराईमा तातो हावा

आज फेरी बढ्यो सुनको मूल्य

गण्डकी प्रदेश सभाको बजेट अधिवेशन आजदेखि

रास्वपा रुकुम पश्चिमले जेठ महिना भित्रै पालिका र जिल्ला अधिवेशन गर्ने

आज एकैदिन २ हजार ८ सय घट्यो सुनको मूल्य

चाँगुनारायणलाई योग नगर घोषणा, मुख्यमन्त्री बानियाँद्वारा शुभकामना व्यक्त

आमाको जन्म दिनमा सुमनको अनुपन उपहार

लोकप्रिय समाचार

  • १. करेन्ट लागेर आठबिसकोटमा एक युवकको मृत्युु

  • २. आठबिसकोटमा जीप चालक माथी कुटपिट गरेर मोबाईल र झोला लुटेरा समुह फरार

  • ३. गाडी चालकको पैसा लुट्ने डरलाग्दो योजना, आफू माथी कुटपिट गर्न लगाएर ११ लाख झ्वाम पार्न खोज्दा

  • ४. नतिजा बिहिन संघर्ष समितिको संघर्ष,आफ्नो ठाउँको विकास खोज्दा गुम्यो सय रोपनी भन्दा बढी जग्गा ।

  • ५. सभामुख लाई नै टेरेनन् बालेनले, बैठक रोकेर बोलाउन गए तर बालेन आएनन्

  • ६. आठबिसकोट महोत्सव सुरु,नगर प्रमुख केसीले गरे उद्घाटन

  • ७. यता प्राधिकरणको खातामा तीन अर्ब छ, उता भूकम्पपीडितले घर बनाउन पैसा पाएका छैनन्: गोपाल शर्मा

  • ८. प्रतिनिधि सभाको बैठक बस्दै

  • ९. रास्वपा रुकुम पश्चिमले जेठ महिना भित्रै पालिका र जिल्ला अधिवेशन गर्ने

  • १०. मुख्यमन्त्री बानियाँ द्वारा एसईईमा उत्कृष्ट विधार्थी लाई सम्मान

श्रमदानबाट ढुङ्गे पार्क निर्माण गरिँदै


  •   मङ्गलबार, फागुन २०, २०८१ मा प्रकाशित
  • धनकुटाको पाख्रिबासबाट आएका मूर्तिकार शङ्कर बराइलीले यहाँको खैरेनीटारमा ढुङ्गामा विभिन्न कलात्मक आकृति कुँद्न थालेको महिनौँ बितिसकेको छ । विभिन्न व्यक्तिका आकृति कुँदिरहेका उनले श्रमदानका रुपमा काम गरिरहेको बताए ।

    Advertisement

    सानैदेखि मूर्ति बनाउनमा रुचि राख्ने बराइलीले धरान उपमहानगरपालिका–४ खैरेनीटारमा श्रमदानबाट निर्माण भइरहेको ढुङ्गे पार्कमा अझ आफ्नो कलालाई निखारी रहेका छन् । उनी भन्छन्, “मैले आफ्नो सीपलाई विकास, समृद्धि र पर्यटनमा उपयोग गर्न पाउँदा खुसी छु ।”

    फोहोर मैला र झाडीले ढाकेको ठाउँलाई व्यवस्थित गरेर ढुङ्गामा कलात्मक आकृतिहरु कुँदेर ढुङ्गे पार्क निर्माण भइरहेको छ । स्थानीय कला संस्कृति झल्काई श्रम संस्कृतिको नमूनाको विकास गर्न ढुङ्गे पार्क निर्माण थालिएको ढुङ्गे कला पार्क निर्माण परियोजनाका व्यवस्थापक भैरव आङ्लाले जानकारी दिए । “बनमारा र झाडी देख्दा विरक्त लाग्ने ठाउँ थियो । यो ठाउँलाई आन्तरिक र बाह्य पर्यटकको घुम्ने थलो निर्माण थालिएको हो”, उनले भने ।

    धरानका नगर प्रमुख हर्क साम्पाङ राईको नेतृत्वमा श्रमदान गरी निर्माण गरिएका दर्जनौँ पार्क छन् । अझ धरानलाई थप उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउने सोचका साथ ढुङ्गे पार्क निर्माण थालिएको हो । पार्क निर्माणमा विभिन्न सङ्घसंस्था र दाताहरुको सहयोग छ । पार्कमा हाल खोटाङ, ओखलढुङ्गा, धनकुटा, मोरङ र सुनसरीका आठजना मूर्तिकारहरुले मूर्ति बनाइरहेका छन् । श्रमदानबाट बनाइएका पार्कले धरानमा आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गरी पर्यटन प्रवर्द्धन हुने धरान उपमहानगरपालिका–४ का वडाध्यक्ष धनबहादुर राईले बताए ।

    यस पार्कमा जीवित व्यक्तिका आकृतिहरु कुँदिएका छन् । जुन ऐतिहासिक र सांस्कृतिक रुपमा महत्त्वपुर्ण हुने वडाध्यक्ष राईले बताए । पार्कमा डा सन्दुक रुइत, कुलमान घिसिङ, महावीर पुनलगायत दर्जनौँ व्यक्तिका आकृति, स्थानीय कलासंस्कृति झल्किने आकृति कोरिएका छन् । ढुङगे कला पार्कमा आउने पर्यटकले यो ठाउँलाई देशविदेशमा चिनाउने खैरैनीटारका स्थानीयवासी आनन्द राईले बताए । पार्क निर्माण सम्पन्न नहुँदै ढुङ्गाबाट बनाइएका विभिन्न किसिमका आकृतिहरुले पर्यटकको ध्यान खिच्न सुरु गरिसकेको छ । हाल दैनिक १०० बढी पर्यटकहरु पुग्ने गरेको स्थानीयवासी राईले बताए ।

    यस पार्कमा स्वतन्त्र नागरिक समाज (म्याक्स टिम)ले धरान उपमहानगरपालिका–४ को १६ फिट अग्लो ४ नंको स्तम्भ श्रमदानबाट निर्माण गरेका छन् । श्रमदानबाट बन्दै गरेको ढुङ्गे पार्कमा आकर्षण थप्न स्तम्भ निर्माण गरेको स्वतन्त्र नागरिक समाजका मेघबहादुर राईले बताए । रासस

    मङ्गलबार, फागुन २०, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    वार्ता भैरहेको बेला इरानमाथि अमेरिकाको हवाई आक्रमण
    हावाहुरीले घर भत्किदा महिलाको मृत्यु
    आजको मौसम : पहाडमा वर्षा, तराईमा तातो हावा
    आज फेरी बढ्यो सुनको मूल्य
    गण्डकी प्रदेश सभाको बजेट अधिवेशन आजदेखि
    रास्वपा रुकुम पश्चिमले जेठ महिना भित्रै पालिका र जिल्ला अधिवेशन गर्ने

    लोकप्रिय

    • १.
      करेन्ट लागेर आठबिसकोटमा एक युवकको मृत्युु

    • २.
      आठबिसकोटमा जीप चालक माथी कुटपिट गरेर मोबाईल र झोला लुटेरा समुह फरार

    • ३.
      गाडी चालकको पैसा लुट्ने डरलाग्दो योजना, आफू माथी कुटपिट गर्न लगाएर ११ लाख झ्वाम पार्न खोज्दा

    • ४.
      नतिजा बिहिन संघर्ष समितिको संघर्ष,आफ्नो ठाउँको विकास खोज्दा गुम्यो सय रोपनी भन्दा बढी जग्गा ।

    • ५.
      सभामुख लाई नै टेरेनन् बालेनले, बैठक रोकेर बोलाउन गए तर बालेन आएनन्

    • ६.
      आठबिसकोट महोत्सव सुरु,नगर प्रमुख केसीले गरे उद्घाटन

    भर्खरै

    • १.
      वार्ता भैरहेको बेला इरानमाथि अमेरिकाको हवाई आक्रमण

    • २.
      हावाहुरीले घर भत्किदा महिलाको मृत्यु

    • ३.
      आजको मौसम : पहाडमा वर्षा, तराईमा तातो हावा

    • ४.
      आज फेरी बढ्यो सुनको मूल्य

    • ५.
      गण्डकी प्रदेश सभाको बजेट अधिवेशन आजदेखि

    • ६.
      रास्वपा रुकुम पश्चिमले जेठ महिना भित्रै पालिका र जिल्ला अधिवेशन गर्ने

    • ७.
      आज एकैदिन २ हजार ८ सय घट्यो सुनको मूल्य

    • ८.
      चाँगुनारायणलाई योग नगर घोषणा, मुख्यमन्त्री बानियाँद्वारा शुभकामना व्यक्त

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.