चैत ७ गतेबाट संचालन हुने यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा यसपटक रुकुम पश्चिमबाट तीन हजार ६ सय ६८ परीक्षार्थी सहभागी हुँदै छन् । आगामी चैत ७ गतेदेखि देशभर सञ्चालन हुने माध्यमिक परीक्षा एसइईमा रुकुम पश्चिमका ७६ सामुदायिक विद्यालय र ३ वटा संस्थागत विद्यालय गरी ७९ विद्यालयबाट तीन हजार ६ सय ६८ परीक्षार्थी सहभागी हुन लागेका हुन् ।
जिल्लाभर १ हजार ६ सय ५ छात्रा र १ हजार ७ सय ३३ छात्र सहित कुल ३ हजार ३८ जना विद्यार्थी परीक्षामा सहभागी हुन लागेको शिक्षा विकास तथा समन्वय इकाई रुकुम पश्चिमले जनाएको छ । यस वर्ष रुकुम पश्चिममा साधारण, प्राविधिक धारण, नियमित र ग्रेडवृद्धितर्फ गरी तीन हजारले परिक्षा दिन लागेको समन्वय इकाई रुकुम पश्चिमले जानकारी दिएको छ ।
जिल्लाभर १५ वटा विद्यालय मा परीक्षा केन्द्र तोकिएको शिक्षा विकास तथा समन्वय इकाई रुकुम पश्चिमले जनाएको छ । आगामी चैत ७ गतेबाट देशैभर परिक्षा सञ्चालन हुदै छ ।