मधेस । मधेस प्रदेसको सप्तरीमा दुई बालिका बलात्कृत भएका छन् ।जिल्लाको छिन्नमस्ता गाउँपालिका–७ घर भएकी ४ वर्षीय बालिका छिमेकीबाटै बलात्कृत भएकी छिन् । नातेदारकहाँ पुर्याइदिन्छु भन्दै छिमेकीले मोटरसाइकलमा लगेर बालिकालाई बीचबाटोमा एकान्तस्थलमा बलात्कार गरेको उनको परिवारले आरोप लगाएका छन् ।
यस्तै गत फागुन १४ गते सप्तरीको महदेवा गाउँपालिकामा १४ वर्षीय किशोरी बलात्कृत भएकी छन । सोही राति घरनजिकै शौच गएकी किशोरीलाई १७ वर्षीय छिमेकी किशोरले फकाएर आफ्नो पसलमा पुर्याएका थिए । पसलमै उनले बलात्कार गरेको प्रहरीको अनुसन्धानबाट खुलेको सप्तरी प्रहरीले जनाएको छ ।
घटनाका आरोपीलाई पक्राउ गरेर थप अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ । पीडित बालिकाको गुप्ताङ्गबाट अत्याधिक रक्तस्राव भइरहेको अवस्थामा आफन्तले उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पतालमा पुर्याएर तीन दिनदेखि उपचार भइरहेको छ ।