दाङ । रुपन्देहीमा आज शनिबार गोली हानेर युवकको हत्या गरिएकाे छ।
Advertisement
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार जिल्लाको मायादेवी गाउँपालिका-२ का २९ वर्षीय राकेशसिंह लोधलाई गोली हानेर हत्या गरिएको हो।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डीएसपी सुरज कार्कीका अनुसार लोध आज बिहान घरको बरन्डामा रगताम्मे अवस्थामा भेटिएका हुन्। घटनापछि मृतकका दाजु फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ । घटना बारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ्।