काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले आफूलाई हराउने ताकमा देशलाई नडुबाउन प्रधानमन्त्री केपि शर्मा ओलिलाई आग्रह गरेका छन् । उनले सामाजिक सञ्जालमा शुक्रबार साँझ एक स्ट्याटस लेख्दै प्रधानमन्त्रीले भोको पेट मारेर आफूलाई हराउन खोजेको टिप्पणी गरेका हुन् ।
Advertisement
उनले आफूहरू मदन भण्डारीकै सपना पूरा गर्न हिँडेको मान्छे रहेको बताउँदै आफ्नो फेसबुक पेजमा लेखेका छन्, प्रधानमन्त्रीज्यु, भोको पेट मारेर मलाई हराउन खोज्नु भाको छ, हामी त तपाईँकै मदन भण्डारीको सपना पुरा गर्न हिँडेको मन्छे ! मलाई हराउने ताकमा , देशलाई चैँ नडुबाउनु होला !’
