• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
मङ्गलबार, भदौ १६, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

चलचित्र “हितको माया”को विशेष प्रदर्शन सम्पन्न

रुकुम पश्चिममा मोटरसाइकल सहित युवक लाई खोलाले बगायो

निरन्तर घट्यो सुनको मूल्य आज कतिमा हुँदै छ कारोबार ?

नुवाकोटको बेत्रावतीमा बाढीको बितण्डा : : एउटै घरबाट २४ जनाको शव फेला

कृष्णभिरमा सडक अवरुद्ध : राजधानी बाहिरै ग्यास भरिँदै

रसुवागढी जलविद्युत् केन्द्रका प्रमुखसहित ९३ जना बेपत्ता

सुनको मुल्यमा लगातार गिरावट, आज कतिमा हुँदै छ कारोबार ?

रसुवा बाढी :एउटै शवमा तीन परिवारको दाबी

पहिचान नखुलेका १९९ शवको व्यवस्थापन, १२ वटाको सनाखत

लोकप्रिय समाचार

  • १. चौरजहारीमा १२ भदौ मेलाबाट बचेको रकम बिरामीलाई आर्थिक सहयोग

  • २. रुकुम पश्चिममा मोटरसाइकल सहित युवक लाई खोलाले बगायो

  • ३. रसुवा बाढी प्रभावितको उद्धार तथा राहतका लागि संयुक्त रुकुम यातायातद्वारा ५० हजार सहयोग

  • ४. रसुवामा भिषण बाढी : ड्युटीमा खटिएका इन्स्पेक्टरसहित ९ सशस्त्र प्रहरी सम्पर्कविहीन

  • ५. यो भोटेकोसीको बाढी मात्र होईन : पहिलो विश्वले नेपालमाथि गरेको जलवायु प्रहार हो

  • ६. पोखरामा भारी वर्षा , बच्चा सहित एक महिलालाई बगायो ।

  • ७. रसुवा बाढी :एउटै शवमा तीन परिवारको दाबी

  • ८. चितवनबाट शव ल्याउन सक्नु भएको छैन : यो नम्वरमा फोन गर्नुहोस

  • ९. शवको तस्बिर हेरेर पहिचान गर्न ‘डिस्प्ले बोर्ड’, दुई जनाको पहिचान

  • १०. नेपाललाई चीनको सहायता : राजदूत झाङ माओमिङ आफैले गरे आपतकालीन राहत सामग्री हस्तान्तरण

कृषिबाट आम्दानी लिँदै नेकपाका कार्यकर्ता, व्यावसायिक कृषि उत्पादनमा जोडिदैं


  •   शुक्रबार, फागुन १६, २०८१ मा प्रकाशित
  • गण्डकी । उत्पादनसँग जोडिने ठूला राजनीतिक दलका योजना निरर्थक बनिरहेका बेला नेपाल कम्युनिष्ट पार्टीका नेता–कार्यकर्ताले भने त्यसलाई चरितार्थ तुल्याएका छन् । देशका विभिन्न ठाउँमा व्यावसायिक कृषि उत्पादनसँग जोडिएको नेकपाले हालै काठमाडौँमा ‘सी व्यापार केन्द्र’समेत सञ्चालनमा ल्याएको छ । उक्त व्यापार केन्द्रबाट कृषिजन्य वस्तुको उत्पादन तथा वितरण हुँदै आएको छ ।

    Advertisement

    नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ आफै कृषिकर्ममा जोडिएर आफ्ना नेता–कार्यकर्ता र सर्वसाधारण किसानलाई व्यावसायिक उत्पादनतिर प्रेरित गरिरहनुभएको छ । उत्पादनसँग जोडिने पार्टी नीतिलाई लागू गरेका कास्कीका नेकपा नेता–कार्यकर्ता पनि व्यावसायिक कृषि खेती गरेर उदाहरणीय बनेका छन् । गत असारदेखि पोखरा महानगरपालिका–१४ छिनेडाँडामा १४ रोपनी जग्गा भाडामा लिएर कृषि उत्पादन सुरु गरिएको नेकपाका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेशका कार्यालय सचिव विकिरण क्षेत्रीले जानकारी दिनुभयो ।

    छिनेडाँडामा रहेको परम्परागत घरसमेत भाडामा लिई त्यसैमा कार्यालय पार्टी कार्यालय सञ्चालन हुँदै आएको उहाँको भनाइ छ । कार्यालय सचिव क्षेत्रीका अनुसार यो हिउँदमा ६५ क्विन्टल आलु उत्पादन भएको छ । “झण्डै रु तीन लाख बराबरको आलु फल्यो, ३० क्विन्टल आलु चिप्स उत्पादनका लागि बाहिर पठाइएको छ, बाँकी पोखरामै बिक्री गर्छौँ”, उहाँले भन्नुभयो, “अब चैतेधान र मकै रोप्ने तयारी भइरहेको छ, काँक्रालगायत तरकारीका लागि टनेलखेती गरिरहेका छौँ ।”

    पार्टी केन्द्रले काठमाडौँमा सञ्चालन गरेको ‘सी व्यापार केन्द्र’मा पोखरामा उत्पादन भएको तीन क्विन्टल जेठोबुढोको धान पठाइएको उहाँले बताउनुभयो । नेकपा गण्डकी प्रदेश इञ्चार्ज उमा भुजेलले कृषि उत्पादनमा प्रत्यक्ष रुपमा नेता–कार्यकर्ता खट्ने गरेको सुनाउनुभयो । “कृषि उत्पादनमा दैनिक रुपमा जोडिने साथीहरु सात/आठ जना हुनुहुन्छ”, उहाँले भन्नुभयो, “आवश्यक पर्दा काममा सघाउन बाहिरबाट पनि आउनुहुन्छ ।”

    इञ्जार्च भुजेलका अनुसार तनहुँको बन्दीपुर, नवलपुर, म्याग्दी, बागलुङ, लमजुङलगायतका जिल्लामा पनि नेकपाका नेता–कार्यकर्ता कृषि उत्पादन जोडिएका छन् । व्यावसायिक कृषिमा नेपालको भविष्य जोडिएकाले त्यसतर्फ समाजलाई अभिप्रेरित गर्न पार्टीलाई उत्पादन कार्यमा संलग्न गराइएको केन्द्रीय सदस्य क्षेत्रीले बताउनुभयो ।

    “कृषि उत्पादन क्षेत्र विस्तार गर्दै जाने र किसानलाई जोड्ने पार्टीको योजना छ, पार्टी नेतृत्वले गरेको कृषि क्रान्तिको उद्घोषलाई व्यवहारिक रुपमा कार्यान्वयन गर्नु हामी नेता–कार्यकर्ताहरुको दायित्व हो”, उहाँले भन्नुभयो, “यसले जनस्तरमा पनि कृषिप्रतिको आकर्षण बढाउँछ भन्ने हाम्रो विश्वास छ, राजनीतिक दलहरुप्रतिको दृष्टिकोण पनि बदलिन्छ ।

    शुक्रबार, फागुन १६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चलचित्र “हितको माया”को विशेष प्रदर्शन सम्पन्न
    रुकुम पश्चिममा मोटरसाइकल सहित युवक लाई खोलाले बगायो
    निरन्तर घट्यो सुनको मूल्य आज कतिमा हुँदै छ कारोबार ?
    नुवाकोटको बेत्रावतीमा बाढीको बितण्डा : : एउटै घरबाट २४ जनाको शव फेला
    कृष्णभिरमा सडक अवरुद्ध : राजधानी बाहिरै ग्यास भरिँदै
    रसुवागढी जलविद्युत् केन्द्रका प्रमुखसहित ९३ जना बेपत्ता

    लोकप्रिय

    • १.
      चौरजहारीमा १२ भदौ मेलाबाट बचेको रकम बिरामीलाई आर्थिक सहयोग

    • २.
      रुकुम पश्चिममा मोटरसाइकल सहित युवक लाई खोलाले बगायो

    • ३.
      रसुवा बाढी प्रभावितको उद्धार तथा राहतका लागि संयुक्त रुकुम यातायातद्वारा ५० हजार सहयोग

    • ४.
      रसुवामा भिषण बाढी : ड्युटीमा खटिएका इन्स्पेक्टरसहित ९ सशस्त्र प्रहरी सम्पर्कविहीन

    • ५.
      यो भोटेकोसीको बाढी मात्र होईन : पहिलो विश्वले नेपालमाथि गरेको जलवायु प्रहार हो

    • ६.
      पोखरामा भारी वर्षा , बच्चा सहित एक महिलालाई बगायो ।

    भर्खरै

    • १.
      चलचित्र “हितको माया”को विशेष प्रदर्शन सम्पन्न

    • २.
      रुकुम पश्चिममा मोटरसाइकल सहित युवक लाई खोलाले बगायो

    • ३.
      निरन्तर घट्यो सुनको मूल्य आज कतिमा हुँदै छ कारोबार ?

    • ४.
      नुवाकोटको बेत्रावतीमा बाढीको बितण्डा : : एउटै घरबाट २४ जनाको शव फेला

    • ५.
      कृष्णभिरमा सडक अवरुद्ध : राजधानी बाहिरै ग्यास भरिँदै

    • ६.
      रसुवागढी जलविद्युत् केन्द्रका प्रमुखसहित ९३ जना बेपत्ता

    • ७.
      सुनको मुल्यमा लगातार गिरावट, आज कतिमा हुँदै छ कारोबार ?

    • ८.
      रसुवा बाढी :एउटै शवमा तीन परिवारको दाबी

    हाम्रो बारेमा

    सम्पर्क : 9841308540
    समाचारको लागि इमेल : ujyalopatinews@gmail.com
    विज्ञापनको लागी इमेल: ujyalopati2024@gmail.com

    सुचना . बिभाग.  दर्ता नं. :  4763-2081/2082
    कम्पनी रजिस्ट्रार : 351844-2081/82

    सम्पर्क

    उज्यालो रिसर्च एण्ड मल्टिमिडिया प्राली
    सम्पर्क : 9843323438, 9765014880

    ईमेल : ujyalopati2024@gmail.com

    हाम्रो टीम

    अध्यक्ष : नेत्रा केसी

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    समाचार सम्पादक : सुजन बि.क.

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.