आठबिसकोट । रुकुम पश्चिमको आठबिसकोटमा जिप दुर्घटना भएको छ । बिहिवार बेलुका आठबिसकोट नगरपालिका -११ को सिमबजार देखि गोइरी तर्फ जाँदै गरेको लु १ ज १७१७ नम्वरको जीप सालबारीको उकालोमा ब्रेक फेल भएर दुर्घटना भएको हो ।
Advertisement
उकालोमा गाडी नचढेपछि करिब ५० मिटर पछाडी ब्याक हुँदा सडकमै जीप दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन्। जीप सडकमै पल्टिएको हो । उक्त जीपमा सवार यात्रु तथा चालक सहित सहचालक सबै सकुसल रहेको जनाईएको छ ।