जनकपुर । धनुषाको मिथिला बिहारी नगरपालिका-२ पुरनदाहा मा खैरा खोलाको पुलमूनि फेला परेको शव ३३ वर्षीय सहिद अन्सारीको भएको प्रहरीले पुष्टि गरेको छ । प्रहरीका अनुसार अन्सारीलाई उनकी प्रेमिका अनिता कुमारी यादव र उनका श्रीमान् राजकिशोर यादवले मिलेर हत्या गरेको जनाएको छ ।
Advertisement
वैदेशिक रोजगारीको लागि कतारमा रहेका अन्सारी र अनिताबीच दुई वर्षदेखि प्रेम सम्बन्ध रहेको खुलेको हो । २०८१ मंसिर २७ गते अनिता र उनका श्रीमान्ले अन्सारीलाई बञ्चरो प्रहार गरी हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक भूवनेश्वर तिवारीले बताए।