चलिरहेको दोस्रो तुलसीपुर महोत्सवमा आज गायिका तथा मोडल ज्योति मगर र लोकप्रिय गायक टंक तिमिल्सीना आउँने भएका छन् । महोत्सवको आज १४ औँ दिन गायिका ज्योति मगर र गायक टंक तिमिल्सीनाको ज्योतिको प्रस्तुति रहने भए पछि दर्शकको संख्या बृद्धि हने आयोजकले अनुमान गरेको छ ।
साँस्कृतिक संयोजक सन्तोष खड्काका अनुसार ज्योति मगर र टंक तिमिल्सीना सँगै गायिका सपना रोका , पार्वती चौधरी, गायक प्रकाश रेग्मी, दिपक वली लगायतको प्रस्तुति रहने भएको छ ।
जारी महोत्सवले व्यापार प्रवद्र्धनका साथै स्थानीयवासीहरूलाई मनोरञ्जन प्रदान गर्दै आएको छ । महोत्सवका प्रत्येक दिन दर्शकहरूको उपस्थिति उल्लेख्य हुने गरेको महोत्सव मूल आयोजक समितिका संयोजक ऋषिराज भण्डारीले जानकारी दिए । तुलसीपुर चेम्बर अफ कमर्शको आयोजनामा फागुन १ गतेदेखि शुरु भएको महोत्सव १६ गतेसम्म संचालन हुने छ । संयोजक भण्डारीले महोत्सव आजसहित तीनदिन मात्रै बाँकी रहेकोले सहभागीताका लागि सम्पूर्णमा अनुरोध समेत गरेका छन् । महोत्सवको मुख्य आकर्षणको रूपमा कलाकारहरूको प्रस्तुति, स्थानीय तथा परम्परागत संस्कृतिको झल्को दिने कार्यक्रमहरू, कृषि तथा औद्योगिक प्रविधि प्रदर्शनी र विविध मनोरञ्जनात्मक गतिविधिहरू रहेका छन् ।