घोराही महोत्सवमा आज सोमवार लोकप्रिय कलाकार रामचन्द्र काफ्ले आउँने भएका छन् । गायक रामचन्द्र काफ्ले सँगै रया घले, रोशन रत्गैया, जमुना पुन, चित्रा पुन लगायतका कलाकारहरूको प्रस्तुति रहने आयोजकले बताएको छ ।
‘उद्योग व्यापार कृषि एवं पर्यटनको विकास, परनिर्भरमुखि अर्थतन्त्रको निकास’ भन्ने मूल नारासाथ आयोजना गरिएको ‘छैठौँ कृषि, पर्यटन तथा व्यापार महोत्सव–२०८१’ दाङ जिल्ला उद्योग वाणिज्य संघ घोराही आयोजना लागेको हो ।
महोत्सवमा आयोजकले कृषी पर्दशनीलाई प्रथामिकता दिदै स्थानीय कृषि उत्पादनका स्टलहरु निशुल्क उपलव्ध गराएको छ । ३४ वटा स्टलहरु कृषि तथा पर्दशनीमा रहेको स्टल व्यवस्थापन उपसमितिका संयोजक विकाश वलीले जानकारी दिएका छन् । कृषी ज्ञान केन्द्र, घरेलु तथा साना उद्योग कार्यालयसँगको समन्वयम कृषी तथा स्थानीय उत्पादनका स्टलहरु व्यवस्थापन गरिएको उनको भनाई थियो । धेरै स्टलहरु निशुल्क रुपमा र केही स्टलहरु बिशेष छुटकासाथ व्यवस्थापन गरिएको दाङ जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष बसन्त जोसीले बताएका छन् ।
१ गते देखि फागुन १८ गतेसम्म सञ्चालन हुने महोत्सवमा प्रवेशकालागि प्रतिव्यक्ती १ सय, विद्यार्थीहरुलाई परिचयपत्रको आधारमा ८०, अशक्त, अपाङ्ग, जेष्ठ नागरिकहरुलाई निशुल्क प्रवेशको व्यवस्था मिलाईएको छ । महोत्सवमा कृषी, पर्यटन तथा व्यवसायिक गरि ४ सय बढि स्टलहरु रहेका छन् ।