• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
मङ्गलबार, भदौ ०९, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

सडकमै कुटिइन महिला प्रहरी ,एक युवक पक्राउ

प्रधानमन्त्रीको आँखामा समस्या कालो चस्मा नखोल्ने

१३ वर्षीया बालिकालाई यौन धन्दामा लगाउने दुई जना पक्राउ

जुम्लाका तीन स्थानीय तहमा फलफूल बगैँचा कार्यक्रम

आज यी १५ जिल्लामा आकस्मिक बाढीको चेतावनी

आज बोलाइएको प्रतिनिधिसभा बैठक एक्कासी स्थगित

आज घट्यो सुनको मूल्य

पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता

मौसम पूर्वानुमानः चार प्रदेशमा भारी वर्षाको सम्भावना, तराईमा हावाहुरीको चेतावनी

लोकप्रिय समाचार

  • १. नेकपा – एमाले बीच कर्णालीमा मिल्यो भागबन्डा कसले कुन मन्त्रालय पाए ?

  • २. रुकुम पश्चिममा गाडीको ठक्कर बाट आमाछोरीको मृत्यु

  • ३. जाजरकोटको नलगाडमा जीप दुर्घटना : १ जनाको मृत्यु ६ घाइते

  • ४. छोराको हत्या पछि आमाले पनि त्यागिन प्राण ,श्रीमान् विदेश बाट फर्किदै

  • ५. कर्णालीमा तीन मन्त्री छान्न नेकपालाई सकस, सात जनाको नाम केन्द्रमा पठाइयो

  • ६. भदौ २३ गते लाखौँ नागरिकलाई सडकमा उत्रिन रवि किरण हमालको अपिल

  • ७. बालिका हत्या प्रकरण : अनुसन्धानको गोपनीयता कहाँ हरायो? कसरी बाहिरियो आरोपीको भिडियो ?

  • ८. विपद् प्रभावितको उद्धार र पुनःस्थापनामा प्रदेशसभाको जोड

  • ९. कर्णालीका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले आज विश्वासको मत लिँदै

  • १०. आज पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार?

विदेशबाट आउनेले ल्याएका मोवाइल, सुन जस्ता सामग्रीको स्रोत खोज्नुपर्ने


  •   सोमबार, फागुन १२, २०८१ मा प्रकाशित
  • भन्सार विभागका महानिर्देशक महेश भट्टराईले विदेशबाट फर्किने नेपालीले ल्याएका सुन, मोबाइल, ल्यापटप, क्यामरालगायतका सामग्रीको आम्दानीको स्रोत खोजिनुपर्ने बताउनुभएको छ ।

    Advertisement

    प्रतिनिधि सभा अन्तर्गत अर्थ समितिको आइतबारको बैठकमा महानिर्देशक भट्टराईले मुख्य गरी दुबई र हङकङबाट सुन तस्करी हुने गरेको देखिएको उल्लेख गर्दै झिटीगुन्टासम्बन्धी कानुनले तोके अनुसार वैध रूपमा ल्याइने सुनसहितका सामग्रीको पनि आर्थिक स्रोत खोजिनुपर्ने बताउनुभयो ।

    “झिटीगुन्टासम्बन्धी कानुनले महिलाका लागि ५० ग्राम र पुरुषको हकमा २५ ग्राम सुन ल्याउन सक्ने व्यवस्था गरेको छ । हप्ता दिनका लागि दुबई घुम्न गएकाले त्यहाँबाट फर्किंदा ५० ग्राम सुन, दुई वटा आइफोन, कम्प्युटर, क्यामरालगायतका सामग्री लिएर आउने प्रवृत्ति छ । दुबई र हङकङका विमानस्थलमा सुन पठाउने गिरोह नै हुनु पर्छ,” भट्टराईले भन्नुभयो, “विदेशमा घुम्न जानेले नेपालबाट बढीमा दुई हजार पाँच सय अमेरिकी डलर बराबर मात्रै लिएर गएका हुन्छन् । एक हप्तापछि फर्किंदा अमेरिकी डलर पाँच हजार बराबरको सुन लिएर आउँछन् । झिटीगुन्टा कानुनले तोकेको मापदण्डभित्रै भए पनि त्यसको आर्थिक स्रोत खोज्ने हो भने यो सरासर तस्करीका रूपमा लिन सकिन्छ ।”

    नेपाल राष्ट्र बैङ्कले वाणिज्य बैङ्कलाई प्रतिदिन २० किलोसम्म सुन आयात गर्न दिने गरेको बताउँदै झिटीगुन्टाका रूपमा दैनिक त्योभन्दा बढी परिमाणको सुन नेपाल आइरहेको उहाँले उल्लेख गर्नुभयो । “म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रमुखका रूपमा रहँदा त्यहाँ एक दिनमा २२ किलोसम्म सुन झिटीगुन्टाका रूपमा आएको भेटियो । त्यो सुन गरगहनाका रूपमा व्यक्तिगत प्रयोगका लागिभन्दा पनि अधिकांश बजारमा जाने गर्छ,” भट्टराईले भन्नुभयो ।

    बैठकमा अर्थ समितिका सभापति सन्तोष चालिसेले त्रिभुवन विमानस्थल भन्सारबाट अवैध सुन भित्रिने गरेकाले वैध रूपमा ल्याइएको सुनलाई पनि भन्सार कर्मचारीले दुःख दिने गरेको व्यापक गुनासो आइरहेको बताउनुभयो । उहाँले यसबारे महानिर्देशक भट्टराईसँग जवाफ माग्नुभएको थियो । जवाफमा महानिर्देशक भट्टराईले झिटीगुन्टा कानुनले वैध मानेको सामग्रीको पनि कुन आर्थिक स्रोतबाट खरिद भएको हो भनेर जाँचबुझ गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

    अर्थ समितिले आज भन्सारसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० माथि संशोधनकर्ता सांसदहरूसँग छलफल गरेको हो । संशोधनकर्ता सांसद महेशकुमार बर्तौलाले विधेयकले अन्तर्राष्ट्रिय व्यापारलाई मात्र नभई आन्तरिक व्यापारलाई पनि सहजीकरण गर्ने विषय कानुनमा अटाउनुपर्नेमा जोड दिनुभयो । त्यस्तै भन्सारमा वस्तु घोषणा गर्दा व्यापारीका प्रतिनिधिको ठाउँमा स्वयम् व्यापारी उपस्थित भएर घोषणा गरिनुपर्ने व्यवस्था कानुनमा राख्नुपर्ने उहाँले सुझाव दिनुभयो ।

    बैठकमा सांसदहरू ज्ञानेन्द्रबहादुर कार्की सूर्यबहादुर थापा क्षेत्री, गङ्गा कार्कीलगायतले यस विधेयकमाथिको छलफल यथाशीघ्र सक्नुपर्ने धारणा राख्नुभएको थियो । भन्सार जाँचपास प्रक्रियालाई थप प्रविधिमैत्री र सहज बनाउन तथा नेपाल पक्ष राष्ट्र रहेको क्योटो महासन्धि अनुकूल हुने गरी भन्सार ऐन संशोधन आवश्यक रहेको भन्दै सरकारले यो विधेयक ल्याएको जनाएको छ ।

    नेपाल संशोधित क्योटो महासन्धि सम्झौता र विश्व व्यापार सङ्गठनको व्यापार सहजीकरण सम्झौताको पक्ष राष्ट्र हो । यी सम्झौता अनुसार संशोधित क्योटो महासन्धिका प्रावधानमध्ये सामान्य प्रावधान सदस्य भएको तीन वर्षभित्र तथा सङ्क्रमणकालीन मापदण्ड पाँच वर्षभित्र कार्यान्वयनमा ल्याइसक्नुपर्ने महासन्धिमा उल्लेख छ ।

    त्यस्तै व्यापार सहजीकरणका लागि भन्सारसँग सम्बन्धित प्रावधानहरू भन्सार ऐन नियमबाट सम्बोधन गर्न आवश्यक रहेको भन्दै सरकारले यो विधेयक ल्याएको हो । यो खबर आजको गोरखापत्र दैनिकमा छ ।

    सोमबार, फागुन १२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सडकमै कुटिइन महिला प्रहरी ,एक युवक पक्राउ
    प्रधानमन्त्रीको आँखामा समस्या कालो चस्मा नखोल्ने
    १३ वर्षीया बालिकालाई यौन धन्दामा लगाउने दुई जना पक्राउ
    जुम्लाका तीन स्थानीय तहमा फलफूल बगैँचा कार्यक्रम
    आज यी १५ जिल्लामा आकस्मिक बाढीको चेतावनी
    आज बोलाइएको प्रतिनिधिसभा बैठक एक्कासी स्थगित

    लोकप्रिय

    • १.
      नेकपा – एमाले बीच कर्णालीमा मिल्यो भागबन्डा कसले कुन मन्त्रालय पाए ?

    • २.
      रुकुम पश्चिममा गाडीको ठक्कर बाट आमाछोरीको मृत्यु

    • ३.
      जाजरकोटको नलगाडमा जीप दुर्घटना : १ जनाको मृत्यु ६ घाइते

    • ४.
      छोराको हत्या पछि आमाले पनि त्यागिन प्राण ,श्रीमान् विदेश बाट फर्किदै

    • ५.
      कर्णालीमा तीन मन्त्री छान्न नेकपालाई सकस, सात जनाको नाम केन्द्रमा पठाइयो

    • ६.
      भदौ २३ गते लाखौँ नागरिकलाई सडकमा उत्रिन रवि किरण हमालको अपिल

    भर्खरै

    • १.
      सडकमै कुटिइन महिला प्रहरी ,एक युवक पक्राउ

    • २.
      प्रधानमन्त्रीको आँखामा समस्या कालो चस्मा नखोल्ने

    • ३.
      १३ वर्षीया बालिकालाई यौन धन्दामा लगाउने दुई जना पक्राउ

    • ४.
      जुम्लाका तीन स्थानीय तहमा फलफूल बगैँचा कार्यक्रम

    • ५.
      आज यी १५ जिल्लामा आकस्मिक बाढीको चेतावनी

    • ६.
      आज बोलाइएको प्रतिनिधिसभा बैठक एक्कासी स्थगित

    • ७.
      आज घट्यो सुनको मूल्य

    • ८.
      पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता

    हाम्रो बारेमा

    सम्पर्क : 9841308540
    समाचारको लागि इमेल : ujyalopatinews@gmail.com
    विज्ञापनको लागी इमेल: ujyalopati2024@gmail.com

    सुचना . बिभाग.  दर्ता नं. :  4763-2081/2082
    कम्पनी रजिस्ट्रार : 351844-2081/82

    सम्पर्क

    उज्यालो रिसर्च एण्ड मल्टिमिडिया प्राली
    सम्पर्क : 9843323438, 9765014880

    ईमेल : ujyalopati2024@gmail.com

    हाम्रो टीम

    अध्यक्ष : नेत्रा केसी

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    समाचार सम्पादक : सुजन बि.क.

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.