तुलसीपुर चेम्बर अफ कमर्सले फागुन १ गतेदेखि सञ्चालन भइरहेको तुलसीपुर महोत्सवमा प्रयोग भएका टिकटहरू नक्कली भएको भन्दै प्रचार भएको समाचार प्रति सत्यता नभएको जनाएको छ । चम्वर अफ कमर्स तुलसीपुरले आईतवार एक सूचाना प्रकाशन गर्दै समाजिक संन्जाल र कतिपय संचार संस्थाहरुमा प्रकाशन भएका समाचार प्रति गम्भीर ध्यानाकर्षण भएको बताएको छ । महोत्सव आयोजक समितिले सबै टिकटहरू पूर्ण रूपमा कानुनी रूपमा बैधानिक रहेको स्पष्ट पारेको छ । चेम्बर अफ कमर्सका अध्यक्ष ऋषिराज भण्डारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “महोत्सवस्थलमा प्रवेश गर्न तयार पारिएको र प्रयोग भएका टिकटहरू पूर्णरूपमा वैधानिक छन ्। साथै, अनाधिकरण र उपमहानगरपालिकाले उपलब्ध गराएका टिकटमा आयोजकले हरेक दिन क्रस परीक्षण गर्ने गरेको तथा टिकटमा विशेष चिन्ह (सिम्बोल) प्रयोग गरिएको यथार्थ हो ।” चम्वर अफ कमर्स तुलसीरले प्रकाशित गरेको बिज्ञप्तिमा भनिएको छ ।
आयोजकले गलत रूपमा अनाधिकृत तवरले टिकट प्रयोग नभएको बताउदै आयोजक समितिले केही सञ्चारमाध्यमहरूमा बिना प्रमाण समाचार प्रकाशन तथा प्रसारण भइरहेकोप्रति आपत्ति जनाएको छ । “विना तथ्य प्रकाशन एवं प्रसारण भएका सामग्रीप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । सञ्चारकर्मी तथा सञ्चार संस्थाहरूलाई तथ्यपरक समाचार मात्र प्रकाशन गर्न अनुरोध गर्दछौं,” विज्ञप्तिमा भनिएको छ । तुलसीपुर चेम्बर अफ कमर्सले महोत्सवलाई व्यवस्थित र पारदर्शी रूपमा सञ्चालन गर्दै आईरहेको बताएको छ ।