घोराही महोत्सवमा आज ११ गते गायक रमेशराज भट्टराई आउँने भएका छन् । नेपाली कलाकारीता क्षेत्रका लोकप्रिय गायक रमेशराज भट्टराई निकै व्यस्त गायक हुन । उनले स्वर दिएका बेहुला बनाउँछु भन्थी बहुला बनाएर गई, बबाल भो , मिति लास्टै राम्री छेउ र पो म फिदा भको छु लगाएतका धेरै गीतहरु उनका दर्शकले मन पराएका गीतहरु हुन । गायक रमेशराज भट्टराई सँगै रितु कँडेल , सुमि रोका , अस्मिता राना, नवराज काप्री , राजु बिसी, लगाएतका कलाकारहरु आउँने भएका छन भने हाँस्यकलाकार कमल गाउँले उद्घोषन गर्ने छन् ।
‘उद्योग व्यापार कृषि एवं पर्यटनको विकास, परनिर्भरमुखि अर्थतन्त्रको निकास’ भन्ने मूल नारासाथ आयोजना गरिएको ‘छैठौँ कृषि, पर्यटन तथा व्यापार महोत्सव–२०८१ दाङ जिल्ला उद्योग बाणिज्य संघको आयोजनामा लागेको हो । महोत्सवमा प्रवेशकालागि प्रतिव्यक्ती १ सय, विद्यार्थीहरुलाई परिचयपत्रको आधारमा ८०, अशक्त, अपाङ्ग, जेष्ठ नागरिकहरुलाई निशुल्क प्रवेशको व्यवस्था मिलाईएको छ । महोत्सवमा कृषी, पर्यटन तथा व्यवसायिक गरि ४ सय बढि स्टलहरु रहेका छन् । महोत्सवमा २ लाख दर्शकहरुले अवलोकन गर्ने र २० करोडको कारोबार गर्ने लक्ष्य रहेको छ ।