दाङको तुलसीपुर महोत्सवमा आज चर्चित गायिका शान्ति श्री परियार र चर्चित गायक अर्जुन सापकोटा आउने भएका छन् । गायिका शान्तिश्री परियारका गलबन्दी , बोल माया , अरेली काँडैले लगाएतका गीतहरु दर्शक धेरै नै मन पराएका गीतहरु हुन । गायक अर्जुन सापकोटाका बस्यौ अलक्कै , दुःख साटम्ला , बम्बै जाने रेलैमा बनकी चरी लगाएका गितहरु चर्चित गितहरु हुन । त्यस्तै नायिका तथा मोडल दिपा शाही लगायतका स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुति रहने भएको छ ।
आज शान्ति श्री परियार, अर्जुन सापकोटा र दिपा शाही लगायतका कलाकारहरुको प्रस्तुति रहने साँस्कृतिक संयोजक सन्तोष खड्काले बताउनुभयो । महोत्सव फागुन १६ गतेसम्म संचालन हुने छ ।
‘स्वरोजगार, आत्मनिर्भरता हाम्रो आधार, शहरदेखि गाउँसम्म व्यापार विस्तार’ भन्ने नाराका साथ सञ्चालन गरिएको महोत्सवले कृषि, पर्यटन, व्यापार र संस्कृतिको प्रवद्र्धन गर्दै स्थानीय उत्पादनलाई बजारीकरण गर्ने, स्वदेशी व्यापारलाई प्रवद्र्धन गर्ने तथा स्वरोजगारका अवसरहरू सिर्जना गर्ने उदेश्यका साथ महोत्सव आयोजना गरिएको आयोजक तुलसीपुर चेम्वर अफ कमर्सले बताएको छ ।