पछिल्लो समयकी निकै व्यस्त गायिका शान्ति श्री परियार घोराही महोत्सवमा आउने भएकी छिन् । उनी सँगै गायक हेमन्त शर्मा , सुमित्रा बुढा मगर , दिपा शाही ,रुचा मगर , दिपक बर्मा , सपना मगर ,सलोमी मगर लगाएतका कलाकारहरु भोलि १० गते घोराही महोत्सवमा आउने भएका हुन । गायिका शान्ति श्री परियार निकै व्यस्त गायिका हुन उनले आवाज दिएका धेरै गीतहरु युटुवको टे्रडिङ परेको पाइन्छ । उनले स्वर दिएका गबन्दी , अरेली काँडैले , हियारै , लौन नि भैया , बोल माया , कुरा बुझ्न पर्छ लगाएका धेरै गीतहरु चर्चामा छन् ।
दाङ जिल्ला उद्योग वाणिज्य संघ घोराही द्धारा आयोजना गरीएको महोत्सव घोराही –१४ झिगौरामा संचाल भईरहेको छ । मेलामा दैनिक दर्शकहरुको भिड बढ्दै गईरहेको छ । राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुतिले दर्शकहरुलाई मनोरञ्जन दिई रहेका छन् ।
उद्योग व्यापार कृषि एवं पर्यटन बिकास , परनिर्भरमुखि अर्थतन्त्रको निकास भन्ने मुल नारासाथ आयोजना गरीएको छैठौँ कृषि,पर्यटन तथा व्यापार महोत्सव २०८१ को नौऔँ दिन गायिका शान्ति श्री परियारको प्रस्तुति रहेने भएको हो । आठौँ दिन गायक बद्रि पंगेनी , गायिकी रचान रिमाल लगाएका कलाकारहरुले गीत गाएर दर्शहरुलाई नचाएका थिए ।
४ सय बढि व्यापारीक स्टलहरु रहेको महोत्सवमा दुई लाख बढिले अवलोकन गर्ने र बिस करोडको कारोबार हुने आयोजकको बतएको छ । महोत्सवमा प्रबेश टिकट १ सय रुपैँया राखिएको छ भने बिद्यार्थीहरुलाई परिचयका आधारमा ८० रुपैँया लिने गरिएको छ । अशक्त , अपाङ्ख, जेष्ठ नागरिकलाई भने प्रबेश निशुल्क गरिको आयोजकले जनाएको छ ।