• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

राप्रपा काठमाडौं जिल्ला अध्यक्ष दीपक केसीलाई क्षेत्र नं. १ द्वारा बधाई तथा शुभकामना

आज संविधान दिवस मनाईदैँ

संविधान र जनअधिकारमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

आज बढ्यो सुनको मूल्य

नेपाल प्रहरीमा ठूलो संख्यामा जागिर खूल्यो, कहिले सम्म आवेदन दिन मिल्छ?

चार वटा संसदीय समितिको बैठक बस्दै

आज देशभर मौसम बदलीः कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षाको सम्भावना

आज पनि घट्यो सुनको मूल्य

कर्णाली सरकारको बजेट कार्यान्वयनमाथि छलफल

लोकप्रिय समाचार

  • १. रुकुम पश्चिमको आठबिसकोटमा करेन्ट लागेर १५ वर्षीय बालकको मृत्यु

  • २. सानीभेरीमा जीप दुर्घटना २ जनाको मृत्यु

  • ३. आईसीयूमा अन्तर्वाता : मानिसको जीवन भन्दा ठुलो कन्टेन्ट र भ्यूज हुँदैन – सांसद बास्कोटा

  • ४. कांग्रेस कार्यकर्तालाई देउवाको ७ बुँदे अपिल : ‘अवैधानिक महाधिवेशनमा नजानुस्’

  • ५. राजनीतिक चेतना र सामाजिक सञ्जाल

  • ६. आज घट्यो सुनचाँदीको मूल्य

  • ७. भारतमा हुने काभा क्लब च्याम्पियनसिप भलिवल प्रतियोगिता रुकुम पश्चिमले खेल्ने

  • ८. बाढीले बगाएका गरगहनासहित धादिङमा एक जना पक्राउ

  • ९. हरितालिका तीजमा बिहान ३ बजेदेखि पशुपतिनाथ मन्दिरका चारै ढोका खोल्ने

  • १०. भोटेकोशी बाढीः मृत्यु हुनेको संख्या १ हजार ३८४ पुग्यो, ४ हजारभन्दा बढी अझै बेपत्ता

नगरप्रमुखको हुकुमी शैली : ४ सय बालबालिकाको भविष्य माथि खेलवाड

"राजधानीकै स्थानीय सरकारमा जंगलराज चलेको छ तर संबैधानिक निकाय र संघीय सरकार रमिते बन्दै छन "

  •   बिहिबार, फागुन ०८, २०८१ मा प्रकाशित
  • काठमाडौं । संघिय राजधानीमै रहेको एक स्थानीय तहले बालबालिकाको पढ्न पाउने अधिकारबाट वञ्चित गर्दै हुकुमी शासन शैलिमा कक्षा सञ्चालनमा रोक लगाएको पाइएको छ । काठमाडौँको तारकेश्वर नगरपालिका स्थित नेपाल रत्न विद्यालय लाई शैक्षिक सत्र सकिनै लाग्दा पनि कक्षा-९ को अनुमति रोकिएको छ । तारकेश्वर नगरपालिकाका नगरप्रमुख कृष्णहरि महर्जनले गरिब तथा विपन्न परिवारका बालबालिका पढ्दै आएका उक्त विद्यालयको अनुमति रोकिदिएका छन् । तारकेश्वरको मनमैजुस्थित नेपाल रत्न विद्यालय मा आर्थिक रूपमा विपन्न परिवारका बालबालिका नि:शुल्क अध्ययन गर्दै आएका छन् । तर तीन वर्षदेखि थप कक्षा सञ्चालनमा नगरप्रमुख नै बाधक बनेपछि विधार्थी अलपत्र परेका छन्।

    Advertisement

    यस अघि २०७९ पुस १ गते विद्यालय व्यवस्थापन समिति र नगरपालिकाका प्रतिनिधिबिच बसेको बैठकले सो स्कुलमा नयाँ शैक्षिक सत्रदेखि विद्यालयमा कक्षा ९ को पठनपाठन सञ्चालन गर्ने निर्णय गरेको थियो । तर निर्णयको हस्तक्षेप गर्दै नगर प्रमुख महर्जनले कक्षा सञ्चालनमा मापदण्ड नपुगेको भन्दै हाल सम्म पनि अनुमति दिईएको छैन्। उनको यो किसिमको निर्देशनले पढ्न पाउने अधिकार मात्रै नभएर बाल अधिकार समेत खोसिएको अधिकारकर्मीहरु बताउँछन्। मानवअधिकार आयोगले समेत बालबालिकाको पढ्न पाउने अधिकारबाट वञ्चित नगर्न भन्दै तारकेश्वर नगरपालिकालाई गत पुस १८ मा नगरपालिकालाई पत्र पठाएको छ । तर मेयरले मानव अधिकार आयोग र सर्वोच्चको आदेशलाई लत्याउँदै कक्षा सञ्चालनमा एकक्षत्र बाधा पुर्याउँदै आएका छन्।

    नगरपालिकाका मेयरले नै कक्षा सञ्चालनमा हस्तक्षेप गरेपछि विद्यार्थी लाई समस्या हुँदै आएको छ । स्कुल र अभिभावकले पटक पटक नगरपालिकामा ध्यानआकर्षण गराउँदा समेत अटेरी गरेर नगरप्रमुख नै बालबालिकाको पढ्न पाउने अधिकारको बाधक बनेको स्कुलले जनाएको छ । स्कुलका प्रधानाध्यापक मिरा घर्ती मगर भन्छिन, कक्षा सञ्चालनका लागि तीन वर्ष पहिले भएको निर्णयको कार्यन्वयन नगरपालिकाले अहिले सम्म गरेन । कक्षा ९ को पढाई सञ्चालनको लागि अनुमति नदिदा विद्यार्थी मर्कामा परेका छन्।

    संविधानमा बालबालिकाको पढ्न पाउने अधिकार सुनिश्चित हुँदा हुदै पनी आफ्नो व्यक्तिगत स्वार्थका कारण नगरप्रमुख महर्जनले जंगली राज चलाएको अभिभावकहरुको गुनासो छ । उता नगरप्रमुख महर्जनले रत्न स्कुल नजिकै निजि बोर्डिङ स्कुल सञ्चालन गरेका छन । महर्जनले सञ्चालन गरेको रोजमेरी बोर्डिङ स्कुलको नजिकै रहेको रत्न स्कुललाई कक्षा ९ सम्मको अनुमति दिदा आफ्नो बोर्डिङमा पठनपाठन सँग स्वार्थ रहेकाले अनुमति रोकिएको स्कुल सञ्चालक समितिका सदस्य कामी शेर्पा ले जानकारी दिए । सर्वोच्च अदालतले समेत नगरपालिकाको निर्णय कार्यन्वयन नगर्नु भनेपनी मेयर महर्जनले मापदण्ड नपुगेको भन्दै अनुमति नै दिएका छैनन्।

    निशुल्क शिक्षा दिने स्कुलको मापदण्ड नपुगेको भनेर अनुमति रोकेका मेयर आफैले सञ्चालन गरेको बोर्डिङ स्कुल भने जस्ता पातामुनि विधार्थी पढ्दै आएका छन्। मेयर कृष्ण हरि महर्जनले आफ्नो निजि स्कुलको ब्यापार बढाउन सार्वजनिक तथा निशुलक शिक्षा प्रदान गर्ने बिद्यालयहरुलाई अनुमति नदिएको स्थानीयको भनाई छ । नेपालको संविधानले निःशुल्क शिक्षाको ग्यारेन्टी गरेको छ । तर, मेयर आफैंले आफ्नो नगरपालिकाभित्रै विद्यालय सञ्चालन गरी उच्च शिक्षण शुल्क र भर्ना शुल्क उठाउँदै आएका छन् । तर उनले नि:शुल्क शिक्षा, खाना, स्कुलको पोशाक र उपचार उपलब्ध गराउने नेपाल रत्न स्कुललाई भने ग्रेड अनुमति रोकिदिएका छन्।

    विपन्न, असहाय र अभिभावकविहीन बालबालिका पढ्नका लागि शैक्षिक गुठीअन्तर्गत सञ्चालनमा आएको तारकेश्वरको नेपाल रत्न स्कुलको ९ कक्षाको अनुमति मेयरले रोकेपछि अदालतले समेत शिक्षाको पहुँच बाट बालबालिकालाई बन्चित नगर्नु भन्दा महर्जनले एकल राज चलाईरहेका छन्। निशुल्क पढाई हुने उक्त कुलले थप कक्षा सञ्चालनका लागि बिभिन्न निकायहरु सँग सहायता माग्दै गर्दा यता संवैधानिक निकायहरु भने मुखदर्शक भएर बस्ने गरेको स्कुल स्रोत बताउँछ । तिनै तहको सरकारले बालबालिकाको अधिकार खोसिदा चासो नदेखाएको सञ्चालक समिति सदस्य शेर्पा बताउँछन्।

    बिभिन्न दाताहरुको सहयोगमा उक्त स्कुलमा अहिले ४ सय विद्यार्थी निःशुल्क अध्ययनरत छन् । नेपालको संविधानको धारा ३१ को शिक्षा सम्बन्धि हक अन्तर्गत उपधारा १ र २ मा प्रत्येक नागरिक लाई आधारभूत शिक्षामा पहुँचको हक विपरित मेयरले तीन वर्षदेखि स्कुलमा कक्षा ९ सम्मको अध्यापनमा रोक लगाउँदै आएका छन्। शिक्षा विभाग र नगरपालिका अनुसार स्कुलको मापदण्ड नपुगेको भन्दै अल्झनमा राखिएको बताइन्छ । संघिय संरचना पछि बनेका तीन तहका सरकार अन्तर्गत स्थानीय सरकारलाई स्कुल सञ्चालन तथा कक्षा थपघटको अधिकार दिईएको छ । कतिपय स्थानीय तहले उक्त अधिकारको दुरुपयोग गर्दै संवैधानिक अधिकारलाई समेत कुन्ठित गरेर हुकुमी शैलिमा राज गर्दै आएका छन्।

    बिहिबार, फागुन ०८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राप्रपा काठमाडौं जिल्ला अध्यक्ष दीपक केसीलाई क्षेत्र नं. १ द्वारा बधाई तथा शुभकामना
    आज संविधान दिवस मनाईदैँ
    संविधान र जनअधिकारमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड
    आज बढ्यो सुनको मूल्य
    नेपाल प्रहरीमा ठूलो संख्यामा जागिर खूल्यो, कहिले सम्म आवेदन दिन मिल्छ?
    चार वटा संसदीय समितिको बैठक बस्दै

    लोकप्रिय

    • १.
      रुकुम पश्चिमको आठबिसकोटमा करेन्ट लागेर १५ वर्षीय बालकको मृत्यु

    • २.
      सानीभेरीमा जीप दुर्घटना २ जनाको मृत्यु

    • ३.
      आईसीयूमा अन्तर्वाता : मानिसको जीवन भन्दा ठुलो कन्टेन्ट र भ्यूज हुँदैन – सांसद बास्कोटा

    • ४.
      कांग्रेस कार्यकर्तालाई देउवाको ७ बुँदे अपिल : ‘अवैधानिक महाधिवेशनमा नजानुस्’

    • ५.
      राजनीतिक चेतना र सामाजिक सञ्जाल

    • ६.
      आज घट्यो सुनचाँदीको मूल्य

    भर्खरै

    • १.
      राप्रपा काठमाडौं जिल्ला अध्यक्ष दीपक केसीलाई क्षेत्र नं. १ द्वारा बधाई तथा शुभकामना

    • २.
      आज संविधान दिवस मनाईदैँ

    • ३.
      संविधान र जनअधिकारमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ४.
      आज बढ्यो सुनको मूल्य

    • ५.
      नेपाल प्रहरीमा ठूलो संख्यामा जागिर खूल्यो, कहिले सम्म आवेदन दिन मिल्छ?

    • ६.
      चार वटा संसदीय समितिको बैठक बस्दै

    • ७.
      आज देशभर मौसम बदलीः कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षाको सम्भावना

    • ८.
      आज पनि घट्यो सुनको मूल्य

    हाम्रो बारेमा

    सम्पर्क : 9841308540
    समाचारको लागि इमेल : ujyalopatinews@gmail.com
    विज्ञापनको लागी इमेल: ujyalopati2024@gmail.com

    सुचना . बिभाग.  दर्ता नं. :  4763-2081/2082
    कम्पनी रजिस्ट्रार : 351844-2081/82

    सम्पर्क

    उज्यालो रिसर्च एण्ड मल्टिमिडिया प्राली
    सम्पर्क : 9843323438, 9765014880

    ईमेल : ujyalopati2024@gmail.com

    हाम्रो टीम

    अध्यक्ष : नेत्रा केसी

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    समाचार सम्पादक : सुजन बि.क.

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.