घोराही महोत्सवमा भोलि फागुन ९ गते लोकप्रिय गायक बद्रि पंगेनी र गायिका रचना रिमाल आउने भएका छन् । उनीहरू सँगै सुकदेव अधिकारी , जालुमाया गुरूङ,रितु तामाङ , खड्क शर्मा पौडेल , प्रकाश प्रिय कुसुम्या लगाएतका स्थानीय कलाकारहरूले दर्शक माझ आफ्नो प्रस्तुति दिने भएका छन् ।

हिजो बुधवार दर्शकको निकै बढेको थियो । दर्शकहरुको भिड बढ्दा व्यापारीका कोरावारमा पनि निकै भिड देखिएको थियोे । महोत्सवमा आज बिहीबार राष्ट्रिय तथा स्थानीय कलाकारहरुले प्रस्तुति दिने भएका छन् । गायक पशुपति शर्मा , एम टि महर , प्रकास रेग्मी , पिताम्वर रिजाल , गौतम चौधरी , गायिका प्रिति आले , बबिता धिताल कलाकारहरुले दर्शकहरूलाई मनोरञ्जन दिलाउने छन् । छैठौं कृषि , पर्यटन तथा व्यापार महोत्सव २०८१ दाङ जिल्ला उद्योग बाणिज्य संघ घोराहीको आयोजनामा लागेको हो । महोत्सव फागुण २ गते देखि घोराही –१४ झिगौरामा चलिरहेको छ । भने महोत्सव फागुण १८ गते सम्म चल्ने छ ।
महोत्सव दुई लाख मानिसले अवलोकन गर्ने र २० करोड बराबरको कारोवार हुने अनुमान आयोजकले गरेको छ । उद्योग व्यापार , कृषि र पर्यटन प्रवद्र्धन गर्दै परनिर्भर अर्थतन्त्रबाट आत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्ने उदेश्यले महोत्सव आयोजना गरीएको हो ।