तुलसीपुर महोत्सवमा आज चर्चित गायिक रचना रिमाल लगायतका स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुति रहने भएको छ । आज रचना लगायतका कलाकार हरुको प्रस्तुति रहने साँस्कृतिक संयोजक सन्तोष खड्काले बताएका छन् । महोत्सव फागुन १६ गतेसम्म संचालन हुने छ ।
Advertisement
‘स्वरोजगार, आत्मनिर्भरता हाम्रो आधार, शहरदेखि गाउँसम्म व्यापार विस्तार’ भन्ने नाराका साथ सञ्चालन गरिएको महोत्सवले कृषि, पर्यटन, व्यापार र संस्कृतिको प्रवद्र्धन गर्दै स्थानीय उत्पादनलाई बजारीकरण गर्ने, स्वदेशी व्यापारलाई प्रवद्र्धन गर्ने तथा स्वरोजगारका अवसरहरू सिर्जना गर्ने लक्ष्य राखेको छ ।