तुलसीपुर महोत्सवमा प्रबेश टिकट किन्दा एनसिएलको सिम सित्तैमा पाउँने भएका छन्। महोत्सवको सातौँ दिनसम्म दर्शकको अत्याधिक भिडभाड देखिएको थियो। महोत्सवमा दिनप्रतिदिन दर्शकको उपस्थिति बढ्दै गए सँगै दर्शकले थप सेवा पाउने भएका छन् ।
महोत्सव मूल आयोजक समितिका संयोजक तथा चेम्बर अफ कमर्शका अध्यक्ष ऋषिराज भण्डारीलेका अनुसार महोत्सवमा आउने र प्रबेश टिकट किन्ने दर्शकले एनसिएलको सिम सित्तैमा पाउने छन् ।
अध्यक्ष भण्डारीका अनुसार एनसिएल संगको सहकार्यमा महोत्सव स्थलमा रहेको एनसीएल काउन्टर बाट सिम उपलब्ध हुने छ । यस्का लागि टिकत्को अर्धकट्टी अनिवार्य गरिएको छ । भने दर्शकलाई उपलब्ध गराइने सिममा ५० मिनेटको टक टाइम र केहि डाटा पाइने छ । ‘महोत्सवमा १०० रुपैँयामा टिकट पाउने गरेको छ ।’ तर टिकट किन्ने दर्शकले थप सेवा पाउनु हुन्छ । यो महत्सबको सुबिधा हो । टिकट काट्नुहोस एनसिएलको सिम सित्तैमा पाउनुहुन्छ ।’ अध्यक्ष भण्डारीले भने ।
फागुन १ गते देखि चलिरहेको महोत्सवमा सल्यान, रुकुम पश्चिम, बाँके लगाएतका छिमेकी जिल्लाबाट महोत्सव हेर्न दर्शकहरू आउने गरेका छन् । भने महोत्सव चम्वर अफ कमर्स तुलसीपुरले आयोजना गरेको हो ।
महोत्सवमा आज रचना रिमाल आउने
यसै बिच महोत्सवमा आज चर्चित गायिक रचना रिमाल लगायतका स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुति रहने भएको छ । आज रचना लगायतका कलाकार हरुको प्रस्तुति रहने साँस्कृतिक संयोजक सन्तोष खड्काले बताएका छन् । महोत्सव फागुन १६ गतेसम्म संचालन हुने छ ।
‘स्वरोजगार, आत्मनिर्भरता हाम्रो आधार, शहरदेखि गाउँसम्म व्यापार विस्तार’ भन्ने नाराका साथ सञ्चालन गरिएको महोत्सवले कृषि, पर्यटन, व्यापार र संस्कृतिको प्रवद्र्धन गर्दै स्थानीय उत्पादनलाई बजारीकरण गर्ने, स्वदेशी व्यापारलाई प्रवद्र्धन गर्ने तथा स्वरोजगारका अवसरहरू सिर्जना गर्ने लक्ष्य राखेको छ ।