घोराही महोत्सवमा आज बुधवार दर्शकको निकै बढेको छ । दर्शकहरुको भिड बढ्दा व्यापारीका कोरावारमा पनि भिड देखिएको थियोे । राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति रहेको महोत्सवमा आज एलिना चौहान , कुलेन्द्र बिश्वकर्मा , संचिता शाही , राधिका हमाल ,शक्ति चन्द , देबि बस्नेत , ईशु शेर्पाइली लगाएका बिभिन्न कलाकारहरुले आफ्नो पस्तुति देखाएका थिए । गीतसंगीतप्रेमी दर्शकहरु गीत र नृत्यमा झुमेका थिए ।

भोलि फागुण ८ गते गायक पशुपति शर्मा , एम टि महर , प्रकास रेग्मी , पिताम्वर रिजाल , गौतम चौधरी , गायिका प्रिति आले , बबिता धिताल कलाकारहरु आउँने आयोजकले जानकारी दिएको छ । दाङ जिल्ला उद्योग बाणिज्य संघ घोराहीको आयोजनामा लागिरहेको महोत्सव फागुण २ गते देखि घोराही –१४ झिगौरामा चलिरहेको छ । भने महोत्सव फागुण १८ गते सम्म चल्ने छ ।
महोत्सव दुई लाख मानिसले अवलोकन गर्ने र २० करोड बराबरको कारोवार हुने अनुमान आयोजकले गरेको छ । उद्योग व्यापार , कृषि र पर्यटन प्रवद्र्धन गर्दै परनिर्भर अर्थतन्त्रबाट आत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्ने उदेश्यले महोत्सव आयोजना गरीएको हो ।