• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
आइतबार, असार १४, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

मिर्गौला पीडित पूर्णिमाको उपचारका लागि आर्थिक सहयोगको अपिल

रास्वपा महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए?

श्रम संस्कृतिमा सक्रियता बढाउँदै गोपाल बटालाले गरे सांसदहरु सँग अन्तरक्रिया

नगरपालिकाले राजीनामा स्वीकृत गर्न लागेपछि जागिर छोडेका ३६ जना फर्किए पुरानै काममा

कस्तो छ आजको मौसम ?

आज तोलामा ५ हजार घट्यो सुनको मुल्य

रुकुम पश्चिमका ६ वटै पालिकाले ल्याए बजेट, कुन पालिकाको कति ?

आठबिसकोटले ल्यायो ७१ करोडको बजेट

आठबिसकोट नगर अस्पतालका ३६ कर्मचारीको सामूहिक राजीनामा

लोकप्रिय समाचार

  • १. नगरपालिकाले राजीनामा स्वीकृत गर्न लागेपछि जागिर छोडेका ३६ जना फर्किए पुरानै काममा

  • २. आठबिसकोट नगर अस्पतालका ३६ कर्मचारीको सामूहिक राजीनामा

  • ३. आठबिसकोट नगर अस्पतालमा करार कर्मचारी द्वारा सेवा ठप्प

  • ४. समान तलब नभएको भन्दै आठबिसकोट नगर अस्पतालका करार कर्मचारी असन्तुष्ट

  • ५. श्रम संस्कृतिमा सक्रियता बढाउँदै गोपाल बटालाले गरे सांसदहरु सँग अन्तरक्रिया

  • ६. किर्तिपुरको विकासलाई तीव्रता दिन प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री बानियाँ

  • ७. रुकुम पश्चिमको मुसिकोट स्थित मुग्लुखोलामा माछामार्ने क्रममा युवकको मृत्यू

  • ८. रुकुम पश्चिमका ६ वटै पालिकाले ल्याए बजेट, कुन पालिकाको कति ?

  • ९. विष्णु पौडेल पक्राउ प्रकरण : देशमा अब आगो बाल्ने महेशको चेतावनी

  • १०. दुर्गानगर विकास समाजको कार्यक्रममा मुख्यमन्त्री बानियाँद्वारा विकास र एकताको सन्देश

आफैले बनाएको कार्यविधि आफैलाई गलापासो

"दुई पाइलटले भने १ करोड ऋण मिनाह गरिदिनु "

  •   बुधबार, फागुन ०७, २०८१ मा प्रकाशित
  • रुकुम पश्चिम । २०७४ सालमा आठबिसकोट बचत तथा ऋण सहकारी संस्था दर्ता भयो । दर्ता भएको एक वर्ष पछि बिभिन्न उधोग र उच्च शिक्षा अध्ययनका लागि आठबिसकोट नगरपालिकाले सहकारी लाई ऋण प्रवाह गर्यो । तत्कालिन मेयर गोर्ख बहादुर केसीले नगरपालिकाकै रोहवरमा सहकारी मार्फत ऋण दिएर दुई जनालाई पाइलट पढाउने निर्णय गरे र नगरपालिकाले शैक्षिक ऋण प्रदान कार्यविधि २०७५ लागु गर्यो । अहिले उक्त कार्यविधि नगरपालिका आफैलाई पासो बनेको छ । ०७५ सालमा लिएको ऋण ६ वर्ष सम्म पनि फिर्ता नगरेपछि सहकारी सञ्चालकहरु लाई समस्या थपिएको छ । भने नगरपालिकालाई कसरी कर्जा असुल गर्ने भन्ने चिन्ता छ ।

    Advertisement

    गरिब तथा जेहेन्दार विधार्थीका लागि ऋण प्रदान गर्ने नाममा आफ्ना आफन्त र केही निजि उधोगलाई ऋण दिएपछि अहिले झण्डै नगरपालिकाको २ करोड रुपैयाँ डुबेको छ । पालिकाले सहकारी मार्फत दिएको ऋण मध्ये सबैभन्दा बढी पाइलट पढ्नको लागि दिइएको थियो । गरिब जेहेन्दार विधार्थीको नाममा जारी गरिएको उक्त कार्यविधिले आफ्नै खुट्टामा बन्चरो हाने झैँ बनाएको छ । आठबिसकोट नगरपालिका-५ का ललित भण्डारी र वडा नम्वर-१० का गोविन्द केसीले पालट अध्ययनका लागि ५०/५० लाख ऋण लिएर फिलिपिन्सको रोयल फ्लाइट ट्रेनिङ एकेडेमीबाट पाइलट कोर्स सकाएर पाइलट पनि बने तर ऋण नतिर्दा सहकारी सहित नगरपालिका समस्याग्रस्त अवस्थामा छन्। २०७५ साल साउन २३ गते नगरपालिकाले शैक्षिक ऋण प्रदान सम्बन्धि कार्यविधि २०७५ बनाएर सहकारी मार्फत दुबैजनालाई ऋण दिएको थियो ।

    उक्त कार्यविधिमा भनिएको छ, अध्ययन सकेको १ वर्ष पछि वा पाइलट कोर्ष पढेर जागिरमा जोडिए को एक महिना पछि ऋण तिर्ने किस्ता सुरु हुन्छ । र दुई वर्ष भित्र उक्त रकम भुक्तानी गरिसक्नुपर्ने उल्लेख गरिएको छ । तर उनीहरु कोर्ष सकाएर पनि लामो समय सम्म जागिरमा जोडिएर पनि सहकारी मार्फत नगरपालिकाले ऋण दिएको पैसा फिर्ता गरेका छैनन्। ६ प्रतिशत ब्याजमा उपलब्ध गराइएको उक्त रकम तिरिसक्नुपर्ने समयम उल्टै पुरै रकम मिनाह गर्न दुबैजनाले न्यायिक समितिलाई पत्र पठाएका छन्। गत माघ २३ गते प्राप्त पत्र अनुसार माघ ३० गते न्यायिक समितिलाई उनीहरुले ऋण मिनाह गर्न पत्र पठाएका हुन । आफुहरुले लिएको सबै ऋण मिनाहा गर्नु पर्ने अथवा १५ वर्षको अवधि राखेर सबै ब्याजदर छुट गरेर सावा मात्रै मासिक किस्ताबन्दीमा तिर्नुपर्ने सर्त सहित पत्राचार गरेका छन्।

    उनीहरुले अध्ययन सकाएर पनि जागिर सुरु गरिसके तर नगरपालिकाले उनीहरूलाई दिएको ५०/५० लाख रुपैयाँ भने फिर्ता गरेनन्। कार्यविधि अनुसार कोर्ष पढेर जागिरमा जोडिएपछि ऋण तिर्ने किस्ता सुरु हुन्छ । तर उनीहरुले जागिर सुरु गरेको झण्डै एक वर्ष हुनैलाग्दा व्याज समेत संस्थालाई नबुझाएको बताईएको छ ।

    नगरपालिकाले कार्यविधि नै बनाएर अध्ययनका लागि उनीहरुलाई ऋण तथा आर्थिक सहयोग गर्ने कार्यक्रम ल्यायो र नगरपालिकाकै रोहवरमा संस्थाबाट ऋण लिएर जागिर सुरु भएपछि ६ प्रतिशत ब्याज लाग्ने कार्यविधि बनाईयो । अहिले न त ऋण चुक्ता गरे न त कार्यविधि मा उल्लेख भए अनुसार नगरपालिकाले तिनिहरुलाई कारबाही नै गर्यो । यता उक्त रकम चुक्ता नगर्दा सहकारी बन्द अवस्थामा पुगेको र बचतकर्ताको बचत रकम पनि फिर्ता गर्न नसकिएको सहकारी का अध्यक्ष हरि प्रसाद शर्मा बताउँछन्।

    उनीहरुलाई शैक्षिक कर्जाका नाममा नगरपालिकाले १ करोड रुपैयाँ सहकारी मार्फत दिएको थियो । शैक्षिक ऋण, घरेलु तथा साना उधम कर्जा, बिपन्न शेयर लगानी गरेर आठबिसकोट नगरपालिकाले १ करोड ७२ लाख रुपैयाँ सहकारीलाई प्रदान गरेको थियो । अहिले सहकारी बताउँछन्।ले बचतकर्ताको पैसा फिर्ता गर्न नसक्दा बन्द अवस्थामा रहेको छ ।

    बुधबार, फागुन ०७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मिर्गौला पीडित पूर्णिमाको उपचारका लागि आर्थिक सहयोगको अपिल
    रास्वपा महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए?
    श्रम संस्कृतिमा सक्रियता बढाउँदै गोपाल बटालाले गरे सांसदहरु सँग अन्तरक्रिया
    नगरपालिकाले राजीनामा स्वीकृत गर्न लागेपछि जागिर छोडेका ३६ जना फर्किए पुरानै काममा
    कस्तो छ आजको मौसम ?
    आज तोलामा ५ हजार घट्यो सुनको मुल्य

    लोकप्रिय

    • १.
      नगरपालिकाले राजीनामा स्वीकृत गर्न लागेपछि जागिर छोडेका ३६ जना फर्किए पुरानै काममा

    • २.
      आठबिसकोट नगर अस्पतालका ३६ कर्मचारीको सामूहिक राजीनामा

    • ३.
      आठबिसकोट नगर अस्पतालमा करार कर्मचारी द्वारा सेवा ठप्प

    • ४.
      समान तलब नभएको भन्दै आठबिसकोट नगर अस्पतालका करार कर्मचारी असन्तुष्ट

    • ५.
      श्रम संस्कृतिमा सक्रियता बढाउँदै गोपाल बटालाले गरे सांसदहरु सँग अन्तरक्रिया

    • ६.
      किर्तिपुरको विकासलाई तीव्रता दिन प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री बानियाँ

    भर्खरै

    • १.
      मिर्गौला पीडित पूर्णिमाको उपचारका लागि आर्थिक सहयोगको अपिल

    • २.
      रास्वपा महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए?

    • ३.
      श्रम संस्कृतिमा सक्रियता बढाउँदै गोपाल बटालाले गरे सांसदहरु सँग अन्तरक्रिया

    • ४.
      नगरपालिकाले राजीनामा स्वीकृत गर्न लागेपछि जागिर छोडेका ३६ जना फर्किए पुरानै काममा

    • ५.
      कस्तो छ आजको मौसम ?

    • ६.
      आज तोलामा ५ हजार घट्यो सुनको मुल्य

    • ७.
      रुकुम पश्चिमका ६ वटै पालिकाले ल्याए बजेट, कुन पालिकाको कति ?

    • ८.
      आठबिसकोटले ल्यायो ७१ करोडको बजेट

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.