आठबिसकोट । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका-१४ बाँके ज्यामिरकोटमा रहेको आदर्श माध्यामिक बिधालयले जारी गरेको शिक्षक मागको विज्ञापन दरखास्त मिति सकिनै लाग्दा सम्म सार्वजनिक नगरेको पाईएको छ । गत माघ २५ गते विधालयले विज्ञापन जारी गरेपनि अहिले उक्त विज्ञापन गुपचुप राखिएको हो ।
आठबिसकोट नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको १३७८ नम्वरको चलानी नम्वर रहेको पत्र अनुसार गत माघ २५ गते विज्ञापन को लागि स्विकृति पत्र प्राप्त भएको थियो । सोही पत्र अनुसार विधालयले निमावि तहको अस्थायी करार गणित विषयको शिक्षकका लागि विज्ञापन गरेको तर उक्त विज्ञापन नगरपालिकामा समेत जानकारी नगराईएको पाईएको हो । बिद्यालय को आफ्नै आधिकारिक फेसबुक पेजमा समेत उक्त विज्ञापन राखिएको छैन्। भने नगरपालिकाको आधिकारिक फेसबुकमा समेत राखिएको छैन्।
उज्यालोपाटी लाई प्राप्त जानकारी अनुसार प्रधानाध्यापक ले आफ्नो झोलामा राखेर हिड्ने गरेको बुझिएको छ । गत माघमा जारी गरिएको विज्ञापन को अन्तिम दरखास्त दिने दिन आगमी फागुन ९ गते शुक्रवार सम्म रहेको छ । बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष नर बहादुर कामीका अनुसार आफुले प्रधानाध्यापक लाई उक्त सुचना सार्वजनिक गर्न अथवा नगरपालिकाको शिक्षा शाखामा जानकारी गराउन पटक पटक भनेपनी हाल सम्म कतै सार्वजनिक नगरिएको स्विकार गरे । अध्यक्ष कामीका अनुसार अहिले सम्म सो विज्ञापन को लागि अहिले सम्म एकजनाको पनि दरखास्त परेको छैन्। उज्यालोपाटी सँग उनले भने, एक दुई जनाले फोन सम्पर्क त गरेका छन्। तर कसैले पनि फारम भरेका छैनन्।
उक्त विज्ञापन किन गुपचुप पारिएको हो? भनि प्रधानाध्यापक तिलक नारायण मल्ललाई बुझ्नखोज्दा उनले आफुलाई सार्वजनिक गर्नुपर्ने थाहा नभएको बिद्यालय कामकाजको लागि दौडधूप गर्नुपर्ने हुँदा नगरपालिका र स्कुलको आधिकारिक फेसबुक पेजमा सार्वजनिक गर्न नसकिएको बताए । उनले भने स्विकृति प्राप्त पछि विज्ञापन आह्वान गरियो । त्यसपछि कहिले सार्वजनिक विदा , कहिले आफ्नो दौडधूप भएर विज्ञापन सार्वजनिक गर्न सकिएन्। स्रोतका अनुसार प्रधानाध्यापक मल्लले आफन्त लाई जागिर दिनको लागि विज्ञापन लुकाईएको बताईएको छ । विधालयको सुचनापाटीमा समेत विज्ञापन टास नगरिएको भनिएको भएता पनि प्रअ मल्लले भने त्यस्तो नभएको र सुचनापाटीमा टाँस गरिएको दाबि गरे ।
आफन्त लाई जागिर खुवाउन कै लागि विज्ञापन लुकाईएको हो? उज्यालोपाटीको प्रश्नमा उनले भने दरखास्त परेका उम्मेदवार विच स्वच्छ प्रतिस्पर्दा हुन्छ । आफन्त भन्ने कुरै भएन नि हामिले मात्रै के हो भने सुचना बाहिर आउन सकेन सुचनापाटीमा टाँसिएको छ । तर सोमबार बेलुका सम्म सुचना पाटीमा विज्ञापन टाँस नगरिएको र समाचार बाहिर आउने भएपछि आज मंगलबार मात्रै उक्त विज्ञापन टाँस गरिएको फेला परेको छ ।
समाचार प्रकाशित पछि लेखापालले अपलोड गरे
उज्यालोपाटीमा समाचार प्रकाशित भएपछि विधालयका लेखापाल मिलन मल्ले आफ्नो फेसबुक पेजमा विज्ञापन को लागि भन्दै अपलोड गरेका छन्। माघ २५ गतेदेखि गुपचुप रहेको उक्त विज्ञापन एकाएक आज उनले सामाजिक सञ्जाल फेसबुक मार्फत सार्वजनिक गरेका हुन्।
लुकाउन खोजिएको विज्ञापन बारे स्कुलका प्रधानाध्यापक सँगको कुराकानीका क्रममा सुचनापाटी र सामाजिक सञ्जालमा राखिएको छ । दरखास्त दिने मितिको तीन मात्रै बाँकी रहदा सम्म विज्ञापन गुपचुप रहनुले प्रधानाध्यापक को नियतमा आशंका गर्न सकिन्छ ।
