काठमाडौं । नेपाली बजारमा आज फेरी प्रतितोला सुनमा रु ७०० ले वृद्धि भएको छ । मंगलबार प्रतितोला सुन रु १ लाख ६८ हजार ७०० मा खरिदबिक्री भैरहेकोमा सोही परिमाणको सुन आज बढेर प्रतितोला रु १ लाख ६९ हजार ४०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
Advertisement
आज चाँदीको मूल्य भने स्थिर छ । चाँदी प्रतितोला रु १ हजार ९७० मा कारोबार भइरहेको छ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस दुई हजार ९१४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।