काठमाडौं । भारतको कुम्भमेला स्नान गर्न गएका तीर्थालु चढेको गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
Advertisement
कुम्भमेलाबाट फर्किँदै गर्दा बिहान भारत उत्तर प्रदेशको आजमगढ वाराणसी सडकको डिभाइडरमा गाडी ठोक्किएर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
कुम्भ मेलाबाट फर्किदै गर्दा भारत उत्तर प्रदेशको आजमगढ बाराणसी रोडको डिभाइडरमा युपी ५३ एफ डी ४२८८ नम्बरको भारतीय गाडी ठोक्किएर अनियन्त्रित भै दुर्घटना भएको जानकारी आएको सेनले बताएका छन्।
मृत्यु हुनेमा देवदह नगरपालिका वडा नम्बर ९ का ४५ वर्षीय गणेश खनाल, उनकी श्रीमती ३५ वर्षीय दीपा खनाल र वडा नम्बर ९ कै ४० वर्षीया गीता शर्मा रहेका छन् ।