तुलसीपुर महोत्सवमा आज चर्चित गायक प्रकाश दुतराजले आफ्नो प्रस्तुति दिने भएका छन् । पछिल्लो समय निकै चर्चामा रहेका गायत दुतराजका रिमै , रेशम , घर कता हो बहिनीको , जाम भो माईली लगाएका गितहरू निकै चर्चामा छन् ।
दर्शकहरूलाई मनोरञ्जन प्रदान गर्न लोकगायक चन्द्र शर्मा र चर्चित डान्सर निशा गिरीको पनि विशेष प्रस्तुति रहने साँस्कृतिक संयोजक सन्तोष खड्का जानकारी दिए ।
आयोजकका अनुसार महोत्सवमा स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारहरूका सांगीतिक प्रस्तुति, व्यापारिक प्रदर्शनी तथा अन्य मनोरञ्जनात्मक कार्यक्रम समावेश गरिएका छन् ।
कृषि, व्यापार, पर्यटन प्रवद्र्धन र कला संस्कृति संरक्षणका लागि फागुन १ गतेदेखि संचालन आएको महोत्सव फागुन १६ गते सम्म चल्ने छ । स्थानीय वस्तुको बजारीकरण, पर्यटकियस्थलको प्रचारप्रसार र स्थानीय कला संस्कृतिको संरक्षण गर्ने उद्देश्यका साथ महोत्सव संचालन गरिएको तुलसीपुर चेम्बर अफ कमर्शका अध्यक्ष ऋषिराज भण्डारीले जानकारी दिए ।