जाेतभोग गर्दै आएको जमिनको अधिकार माग्दै स्वर्गद्वारी
गुठीपीडितहरूले आईतवार मालपोत कार्यालय घोराही दाङ धर्ना दिएका छन् । धर्नाका कारण आईतवार कार्यालयको काममा दिनभर अवरोध भएको थियो ।
Advertisement
जमिनमाथिको अवैध स्वामित्व अन्त्य हुनुपर्ने, यसअघि भएका सम्झौता कार्यान्वयन हुनुपर्ने, धर्मका नाममा शोषण गर्न नहुने जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर किसानले नाराबाजी गरिहरेका छन्। यसअघि लामो समय आन्दोलन गर्दा पनि सुनुवाइ नभएपछि थप आन्दोलनमा उत्रिएको मोही किसान संघर्ष समितिका प्रवक्ता प्रवीण दहितले बताएका छन् ।