तुलसीपुर महोत्सवमा आइतबार चर्चित कलाकारहरु रमेशराज भट्टराई, इब्सल सन्ज्याल, बिमता घर्तीलगायतले प्रस्तुति दिने भएका छन् ।

‘स्वरोजगार, आत्मनिर्भरता हाम्रो आधार, शहरदेखि गाउँसम्म व्यापार विस्तार’ भन्ने नाराका साथ तुलसीपुरमा दोस्रो कृषि, पर्यटन, साँस्कृतिक तथा व्यापारिक महोत्सव–२०८१ मा जारी छ । तुलसीपुर चेम्बर अफ कमर्सको आयोजनामा फाल्गुन १ देखि १६ गतेसम्म तुलसीपुर–६ हात्तिखौवामा महोत्सव सञ्चालन भैरहेको छ ।
Advertisement
कार्यक्रममा सहजिकरण वर्षा पाण्डे र माधव खत्रीले गर्नेछन्, भने महोत्सवमा मनोरञ्जन सहित स्थानीय उत्पादन, हस्तकलाका सामग्री, कृषि उपकरण, व्यवसाय प्रवर्द्धन कार्यक्रमहरू राखिएको छ।