सानीभेरी । रुकुम पश्चिमको सानिभेरी गाउँपालिका वडा नम्बर ३ का वडा सचिव तिलविर पुनलाई शुक्रबार एक कार्यक्रम का बिच विधाई गरिएको छ । सानिभेरी को वडा नम्बर ३ मा वडा सचिवको रुपमा कार्यरत पुनले सानिभेरी गाउँपालिकामा ३ बर्ष १० महिना सम्म कार्यरत थिए । पुन अहिले सुर्खेत को भेरीगंगा नगरपालिकामा काजमा सरुवा भएका छन्।
वडा सचिव पुन कर्तव्यनिष्ट र कुशल क्षमतावान राष्ट्र सेवकको रुपमा सानिभेरी गाउँपालिका वडा नम्बर ३ को विकास र समृद्धिमा निरन्तर भुमिका खेल्दै आएका थिए । गाउँपालिका अध्यक्ष बिर्ख बहादुर बिष्ट, उपाअध्यक्ष कमला रोका लगायत गाउँपालिका का कर्मचारी सामाजिक संस्था समाजसेवी व्यक्तिहरुले वडा सचिव पुनलाइ फूलमाला, अविर, दोसल्ला, मायाको चिनो द्वारा सामुहिक रुपमा औपचारिक कार्यक्रमका विच विधाई गरेका हुन् ।
विदाई कार्यक्रममा बोल्दै वडा सचिव पुनले सदैव कर्तव्यनिष्ठ राष्ट्र सेवकको रुपमा भुमिका निर्वाह गर्ने सबैप्रति धन्यवाद ज्ञापन गरेका थिए । आफु विदाई भए पनि वडाको समृद्वि र विकासमा सहयात्री बन्नपछि नहट्ने पुनको भनाई छ । विधाई कार्यक्रम गाउँपालिका अध्यक्ष बिर्ख बहादुर बिष्ट को अध्यक्षता,सानिभेरी गाउँपालिका प्रसाशकिय अधिकृत दीपक बुढाथोकिको सन्चालनमा सम्पन भएको थियो ।