नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले ३० औँ जनयुद्ध दिवस मनाएको छ । जनयुद्ध दिवसको अवसरमा रक्तदान सँगै शुभकामना आदानप्रदान गरेर दिबस मनाएको थियो । दिवसको अवसरमा ३० जना पार्टी सदस्यहरुले रक्तदान गरेका थिए ।
रक्तदान कार्यक्रमलाई सम्वोधन गर्दै नेकपा बहुमतका महासचिव धर्मेन्द्र वास्तोला (कञ्चन)ले जनयुद्ध दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै देशलाई जिबन चाहीएको र यतिवेला देशका लागि जिवनदान गर्ने देशभक्तिहरुको आवश्यकता रहेको बताएका छन् । जनयुद्धका क्रममा जिबनदान गरेका सहिद र घाईते योद्धालाई सम्मान गर्दै सहिद र घाईते योद्धाका सपनाहरुलाई अलपत्र पर्न नदिने महासचिव वास्तोलाको भनाई थियो । जनयुद्धका योद्धाहरु संसदवादी सुखसयलमा डुबुल्कीमार्नु , दलाल संसदीय पुँजीवादी व्यवस्थामा आत्मसर्मपन गर्नु दुःखत भएको बताउँदै संसदवादी व्यवस्थाका दलालहरु कै कारणले दिनहुँ नेपाली जनताको भविष्य अन्धकारमा धकेलिरहेको बताए । नेपाली जनताहरुको भविष्य निर्माण गर्दै गर्दा माओवादी जनयुद्धको नेतृत्व र बैज्ञानिक पराजयको कारणले व्यवहारिक, राजनैतिक, संगठात्मक पराजयमा बदलिन पुगेको हो, त्यसले सिङ्खो नेपाली जनतालाई दःुखी तुल्याएको छ पार्टीका महासचिव कञ्चनले भने । नेपाली जनताहरु दिक्भ्रमितमा छन् ठूलो अविश्वासमा छन्, इतिहासको बिरासत र भबिष्यको जिम्मा नेकपा बहुमतमा आएको महासचिव कञ्चनले थपे ।

फागुण १ गते अर्थात बिहीवार पार्टीको इतिहास र जनयुद्धका शहीदहरूलाई श्रद्धांजलि अर्पण गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको गरेको थियो ।
